close

हाम्रो पात्रोसँग प्रतिस्पर्धा गर्न ‘मेरो कुण्डली’ एप

टेकपाना टेकपाना

बैशाख २८, २०७८ १७:४३

हाम्रो पात्रोसँग प्रतिस्पर्धा गर्न ‘मेरो कुण्डली’ एप

काठमाडौं । एलिट इन्फो टेक प्राइभेट लिमिटेडले मेरो कुण्डली एप सार्वजनिक गरेको छ । विभिन्न सेवा र सुविधा एउटै प्लेटफर्मबाट उपलब्ध गराउन याे एपकाे विकास गरिएकाे हाे ।

मेराे कुण्डली एपमार्फत प्रयोगकर्ताहरुले आजको दिन, कार्यक्रम, राशिफल, मिति रुपान्तरण, विनिमय दर, क्याल्कुलेटर, आईपीओ रिजल्ट, ज्योतिष परामर्श सेवा, समाचार, ब्लग, भिडिओ, रेडियो पोडकास्ट तथा मौसमसम्बन्धी जानकारी पाउनसक्ने छन् ।

यसबाहेक एपमा अनलाइन बुक्स, पीडीएफ फाइल, आध्यात्मिक पुस्तक र ब्लगहरु समेत पढ्न सकिन्छ । समाचार पढ्नेहरुका लागि यसमा विभिन्न न्युज पोर्टलहरुको एपीआई पनि छ ।

May be an image of ‎text that says '‎د/h Û ၈ම๐ পররহিনর ॐ मेरो कुंडली 三 वर्तमान स्थिति, विदेशी मुद्रा विनिमय, ब्लग, भिडियो, आगामी घटना, रेडियो, पोडकास्ट, मौसमको जानकारी By Elite Infotech GET ON Google Play‎'‎

मुकुन्द कँडेल र किस्मत खरेलले दुई वर्षअघि स्थापना गरेको कम्पनी एलिट इन्फो टेकको यो पहिलो प्रडक्ट हो ।

यो एप वेब एन्ड्रोइडमा उपलब्ध छ । यसअन्तर्गत एन्ड्रोइडमा पाँच हजार पटक डाउनलोड भइसकेको छ ।

आगामी दिनमा मेरो कुण्डली प्लेटफर्ममा मेट्रिमोनियल फिचर लगनगाँठो पनि सञ्चालन गर्ने कम्पनीले बताएको छ ।

एलिट इन्फो कम्पनी २० वर्ष पुरानो इजी सफ्टवेयर कम्पनीअन्तर्गत रहेको छ ।

May be an image of screen and text that says 'By Elite Infotech समाचार 7 आजको दिन A > मिति रुपान्तरण राशिफल Mero Kundali मेरोकुंडली What'sToday Horoscope Astrologer A ज्योतिशलाई प्रश्न विनिमय दर OnlinePasal Appointment - Blog Video 0 News Featured Video पोडकास्ट भिडियो Me 『 Coming ComingSo रेडियो SeeMo 『 Google Play'

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४