close

नागरिक लगानी कोषका लागि अब अनलाइनबाटै रकम ट्रान्सफर

टेकपाना टेकपाना

बैशाख २८, २०७८ २०:९

नागरिक लगानी कोषका लागि अब अनलाइनबाटै रकम ट्रान्सफर

काठमाडौं । सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइनबाटै पठाउने काम सुरु भएको छ । अनलाइन ट्रान्सफरबाट रियल टाइममै रकम पठाउन महालेखा नियन्त्रक कार्यालयले नयाँ प्रणाली सञ्चालनमा ल्याएको हो ।

यो प्रणालीसँगै अब पारिश्रमिक कट्टी गरी नागरिक लगानी कोषमा स्वतः रकम ट्रान्सफर हुनेछ । महालेखा नियन्त्रक मधुकुमार मरासिनीले सरकारी कर्मचारीको पारिश्रमिक बैंक खातामा आएकै समयमा नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषमा कट्टी हुने रकम समेत एकैपटक जाने जानकारी दिए ।

यसअघि गत पुसबाटै अनलाइनबाट सञ्चय कोषको रकम पठाउने प्रणाली सुरू भइसकेकाे छ । यसले विगतमा जस्तो विवरण नमिल्दा कोषमा रकम कट्टा नहुने, झमेला मिलाउन कार्यालय धाइरहनु पर्ने बाध्यता हट्ने विश्वास गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४