close

बिटकोइन खरिदबिक्री गर्न मिल्ने ‘कोइनबेस’ अमेरिकी एप स्टोरको शीर्ष स्थानमा

टेकपाना टेकपाना

बैशाख २९, २०७८ ८:०

बिटकोइन खरिदबिक्री गर्न मिल्ने ‘कोइनबेस’ अमेरिकी एप स्टोरको शीर्ष स्थानमा

काठमाडौं । क्रिप्टोकरेन्सी एक्सचेन्जका लागि लोकप्रिय प्लेटफर्म कोइनबेस हालै यूएस एप्पल एप स्टोरमा शीर्ष स्थानमा आएको छ ।

एप स्टोरको टप चार्ट लिस्टका अनुसार कोइनबेस हाल अमेरिकाको सबैभन्दा लोकप्रिय एप बन्न सफल भएको हो ।

यो एपले टिकटक, युट्युव, फेसबुक, इन्स्टाग्राम र ट्रेडिङ एप रोबिनहुडलाई पछि पारेको छ । त्यस्तै पैसा पठाएर बिटकोइन किन्न सकिने एप ‘क्यासएप’ १२ औं स्थानमा छ ।

डिजिटल मुद्राको खरिदबिक्री, ट्रान्सफर, स्टोर आदि गर्नका लागि कोइनबेसलाई सुरक्षित अनलाइन प्लेटफर्म मानिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४