close

नेपाली बजारमा शुक्रबार सार्वजनिक हुँदै रेड्मी नोट १० प्रो, कति होला मूल्य ?

टेकपाना टेकपाना

बैशाख २९, २०७८ ९:३४

नेपाली बजारमा शुक्रबार सार्वजनिक हुँदै रेड्मी नोट १० प्रो, कति होला मूल्य ?

काठमाडाैं । साओमीको बहुप्रतिक्षित मिड रेन्ज फोन ‘रेड्मी नोट १० प्रो’ शुक्रबार नेपाली बजारमा सार्वजनिक हुने भएकाे छ । साओमी नेपालले भर्चुअल कार्यक्रममार्फत् नेपाली बजारमा यसको औपचारिक सुरुवात गर्ने जानकारी दिएको छ ।

याे फोनमा ६.६७ इन्चकाे टचस्क्रिन डिस्प्ले छ । अक्टाकोर क्वालकम स्नापड्रागन ७३२ जी प्रोसेसरबाट सञ्चालित फाेनमा ८ जीबी र्‍याम छ भने ५०५० एमएएचको शक्तिशाली ब्याट्री र फास्ट चार्जिङ सुविधा छ ।

रेड्मीको यस फोनलाई उत्कृष्ट क्यामेरा फिचर सहितको मिड रेन्ज फोनको नाम पनि दिइएको छ । क्वाड क्यामेरा सेटअप भएको यस फोनमा १०८ मेगापिक्सलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सेलको सेकेण्डरी सेन्सर, अर्को पाँच र दुई मेगापिक्सेलका वाइड एंगल र म्याक्रो सेन्सर छ ।

रियर क्यामेरामा अटोफोकस सेटअप पनि छ भने यसको अगाडीतिर १६ मेगापिक्लसको सेल्फी क्यामेरा छ ।

तीन भेरियन्टमा उपलब्ध हुने याे फाेनकाे मूल्यबारे औपचारिक जानकारी नभएपनि २५ देखि ३३ हजार रूपैयाँभित्र उपलब्ध हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४