close

अब एन्ड्रोइडमा पावर बटनबाटै गुगल असिस्टेन्ट खोल्न सकिने

टेकपाना टेकपाना

बैशाख २९, २०७८ १२:१३

अब एन्ड्रोइडमा पावर बटनबाटै गुगल असिस्टेन्ट खोल्न सकिने

काठमाडौं । तपाईंले ‘ओके गुगल’ अथवा ‘हे गुगल’ भनेर आफ्नो मोबाइलमा गुगल असिस्टेन्ट खोल्नुहुन्छ । तर जब तपाईं एकदमै होहल्लापूर्ण वा कोलाहलयुक्त स्थानमा हुनुहुन्छ भने त्यसले राम्रोसँग काम गर्न सक्दैन ।

यस किसिमको समस्या समाधान गर्न कम्पनीले नयाँ उपाय अपनाउने भएको छ । जसअनुसार गुगलको एआई असिस्टेन्ट प्रयोग गर्न पावर बटनमा केहीबेर लगातार दबाउनुपर्नेछ ।

एक्सडीए डेभलपर्सका स्लेउतले गुगल एन्ड्रोइड एपको पछिल्लो भर्सन (१२.१८.६.२९) बाट यो रहस्य बाहिर ल्याएका हुन् । नयाँ एपमा देखिएको कोडको लाइनले उक्त फिचर चाँडै थुप्रै एन्ड्रोइड फोनहरुमा उपलब्ध हुने संकेत दिएको छ ।

एन्ड्रोइड १२ डेभलपर बेटामा सेटिङभित्र एप तथा नोटिफिकेसन भित्र असिस्टेन्ट राखिएको रिपोर्टमा उल्लेख छ । यद्यपी यो फिचर एन्ड्रोइड १२ मा निर्भर भने छैन ।

त्यसैले गुगल एपको भर्सनको रुपमा अन्य फोनमा यो फिचर चाँडै आउने अपेक्षा गरिएको छ । जसमा ओप्पोले आफ्ना फोनहरुमा यस किसिमको कस्टमाइजेसन गरेको छ ।

आईफोनमा आईफोन एक्सदेखि यता पावर बटन थिच्दा सिरी खुल्ने फिचर उपलब्ध छ । त्यसैबाट प्रेरित भएर गुगलले समेत यसलाई आफ्नो अपरेटिङ सिस्टममा समावेश गर्ने भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४