close

चीनमा केन्द्रीय बैंकको अग्रसरतामा डिजिटल मुद्राको सफल परीक्षण

टेकपाना टेकपाना

बैशाख २९, २०७८ १५:१४

चीनमा केन्द्रीय बैंकको अग्रसरतामा डिजिटल मुद्राको सफल परीक्षण

काठमाडौं । चीनले आफ्नो डिजिटल यूआन मुद्राको परीक्षणबाट प्रगति गरिरहेको देखिएको छ । सुझाउ शहरमा परीक्षणको पाइलट परियोजना सफल भएको चीनले घोषणा गरिसकेको छ, जहाँ एक लाख ८१ हजार उपभोक्तालाई ५५ यूआन डिजिटल मुद्रा प्रदान गरिएको थियो ।

उपभोक्ताहरुको डिजिटल वालेटमा नि:शुल्क उपलब्ध गराइएको उक्त रकमलाई उनीहरुले मे १ देखि ५ तारिखसम्म सञ्चालन भएको ‘डबल फिफ्थ सपिङ फेस्टिभल’ मा खर्च गरेका थिए ।

पिपुल्स बैंक अफ चाइनाले  हालसम्म गरेको यो सबैभन्दा ठूलो परीक्षण थियो, जसमा गत अप्रिलयता चीनको ११ वटा क्षेत्रका पाँच लाख उपभोक्ताहरुलाई लक्षित गरिएको थियो ।

सक्षम सहभागीहरुलाई एउटा एप डाउनलोड गर्न लगाइएको थियो, जसले उनीहरुलाई वालेट प्रदान गरेको थियो । त्यसलाई प्रयोग गरी हजारौं स्टोरहरुमा खरिद गर्नुका साथै छुट पनि पाउने सुविधा थियो ।

याे डिजिटल यूआन ब्लकचेनमा डिप्लोय भएको चिनियाँ मुद्राको संस्करण हो । तर यो ब्लकचेनलाई कसले प्रयोग गर्ने, नगर्ने भन्ने विषयमा पिपुल्स बैंक अफ चाइनाले नै निर्धारण गर्दछ ।

चीनले गत वर्षको अटम सिजनमा पनि यस्तै परीक्षण गरेको थियो । तर पछिल्लो परीक्षण गत वर्षको भन्दा दश गुणा ठूलो थियो । चीनले आफ्नो डिजिटल यूआनलाई हङकङ र छिमेकी सेन्जेनबीच अन्तर सीमा स्तरमा परीक्षण गरिरहेको छ ।

हाल यो मुद्रालाई थाइल्याण्ड, यूएई तथा बैंक अफ इन्टरनेट सेटलमेन्टहरुबीच अन्तर्राष्ट्रियरुपमा भायबल बनाउन एउटा प्लेटफर्मको निर्माणमा चीन लागिरहेको छ । 

डिजिटल मुद्राका फाइदा 

डिजिटल यूआनसँग यस अघिदेखि नै लेजर टेण्डरको स्टेटस छ । यो पेमेन्ट प्लेटफर्म अलिपे वा विच्याटजस्ता पेमेन्ट प्लेटफर्मभन्दा एकदमै फरक छ । यसले सेवाग्राहीबीचको कारोबारलाई एकदमै चाँडाे सम्पन्न गरिदिन्छ ।

डिजिटल यूआनले बैंकको आवश्यकतालाई बाइपास गरिदिन्छ । अन्य भुक्तानी प्रणालीमा जस्तो यसमा कुनै सेवा शुल्कसमेत लाग्दैन । पेमेन्टको स्पिड पनि यसमा एकदमै धेरै हुन्छ ।

यो बिटक्वाइन क्रिप्टोकरेन्सी जस्तो स्वतन्त्र र अनियमित छैन । यसलाई चिनियाँ सरकारले नियन्त्रण तथा नियमन गर्दछ । यसकारण यसको सुरक्षाको सुनिश्चितता हुन्छ । 

तीन खतरा 

अहिले विभिन्न देशका केन्द्रीय बैंकहरुले डिजिटल मुद्रा विकासको तयारी गरिरहेका छन् । जापान र दक्षिण कोरिया पनि चीनकै बाटोमा छन् । युरोपेली युनियनले पनि आफ्नो डिजिटल यूरो चार/पाँच वर्षमा तयार हुने संकेत दिइरहेको छ ।

क्रिप्टो जगतमा पछि पर्ने मुलुकहरुका लागि धेरैवटा खतरा देखिएका छन् । पहिलो भनेको अन्तराष्ट्रिय भुक्तानीका लागि हो । अहिले अधिकांश अन्तर्राष्ट्रिय कारोबारका लागि स्विफ्ट अन्तराष्ट्रिय बैंकिङ प्रोटोकलको माध्यमबाट सबै अमेरिकी डलरमा निर्भर छन् । यसको प्रत्यक्ष फाइदा अमेरिकी सरकारलाई छ ।

तर डिजिटल यूआनबाट कारोबार गर्दा हामीलाई स्विफ्ट वा डलरको आवश्यकता पर्दैन । यसले अन्तर्राष्ट्रिय व्यापारमा डलरको प्रयोगलाई घटाइदिनेछ । आजको समयमा १२० भन्दा धेरै मुलुकहरुका लागि चीन सबैभन्दा ठूलो व्यापार साझेदार हो ।

यस्तो बेला चीनसँग डलरमा कारोबार गर्दा अनावश्यक वित्तीय जोखिम र एक्सचेन्ज रेटमा तलमाथि हुने खतरा हुन्छ । चीनले डिजिटल यूआनबाट डलरलाई विस्थापित गर्न नचाहेको, तर बजारलाई विकल्पको सुविधा दिएको बताउँछ ।

दोस्रो खतरा भनेको यदि केन्द्रीय बैंकहरले डिजिटल मुद्राको मागलाई पुरा गर्न सकेन भने मार्केट फोर्सले त्यो पुरा गर्नेछ । चीनमा ११औं शताब्दीमा सङ वंशले कागजी पैसाको प्रचलन ल्याएका थिए ।

तर यो यति चाँडै अनुपयोगी बन्दैछ । अहिले क्रेडिट कार्ड सबैतिर प्रचलनमा छ । क्रेडिट कार्डको तुलनामा शुल्को आधारमा त डिजिटल मुद्रा अझै सस्तो छ ।

तेस्रो भनेको जुन मुलुकले डिजिटल मुद्रालाई प्रयोग गर्न असफल हुन्छ, ती मुलुकका केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीमाथि आफ्नो मौद्रिक नीति लाद्न सक्दैन । चाहे त्यो विकेन्द्रीकृत बिटक्वाइन होस् वा फेसबुकले ल्याउने केन्द्रीकृत डाइम मुद्रा ।

अर्को शब्दमा भन्नुपर्दा यदि यस्ता स्वत्नत्र मुद्राहरु भुक्तानीका लागि व्यापक प्रयोग हुन थाले भने केन्द्रीय बैंकहरुका लागि अर्थतन्त्रलाई व्यवस्थापन गर्न थप गाह्रो हुन जान्छ ।

मुलुकले चाहेको खण्डमा क्रिप्टोमुद्रालाई प्रतिबन्ध त गर्न सक्छ, तर यो उसको प्रगति र यसले ल्याउने फाइदाको बाटोमा पर्खाल बन्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४