close

खस्कियो सूचना प्रविधिबाट हुने नेपालको विदेशी आम्दानी

टेकपाना टेकपाना

बैशाख २९, २०७८ १८:५

खस्कियो सूचना प्रविधिबाट हुने नेपालको विदेशी आम्दानी

काठमाडौं । दूरसञ्चार तथा सूचना प्रविधि सेवा बिक्रिबाट नेपालले प्राप्त गर्ने विदेशी आम्दानी घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैतसम्म यस्तो शीर्षकमा १२ अर्ब १० करोड रुपैयाँमात्र वैदेशिक रकम आम्दानी भएको छ ।

जबकी अघिल्लो आर्थिक वर्षको चैतसम्म यही शीर्षकमा नेपालले १४ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो । दूरसञ्चार सेवा अन्तर्गत खासगरी अन्तर्राष्ट्रिय कलवापत नेपाली सेवाप्रदायकहरुले आम्दानी गर्दै आएका छन् ।

तर, पछिल्लो समय म्यासेन्जर, भाइबर, ह्वाट्सएप जस्ता ओभर दी टप (ओटीटी) सेवाहरुको प्रयोग बढ्दा सेवाप्रदायहरुको विदेशबाट प्राप्त हुने कलको आम्दानी घट्दै आइरहेको छ । यो शीर्षकमा कम्प्युटर तथा अन्य सूचना प्रविधि सेवा बापत नेपालले प्राप्त गर्ने आम्दानी समेत जोडिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४