close

एक लाख नाघ्यो ई-कमर्स एप ग्यापु मार्केप्लेस एपको डाउनलोड

टेकपाना टेकपाना

बैशाख २९, २०७८ २१:७

एक लाख नाघ्यो ई-कमर्स एप ग्यापु मार्केप्लेस एपको डाउनलोड

काठमाडौं । गुगल प्ले स्टोरमा नेपाली ईकमर्स कम्पनी ग्यापुको मोबाइल एपको डाउनलोडले एक लाखको आँकडा पुरा गरेको छ । यही वैशाख १ गते पहिलो वर्षगाँठ मनाएको ग्यापुले छोटो समयमै यो रेकर्ड राखेको हो ।

कोभिड महामारीको समयमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै ग्यापु मार्केटप्लेसले तरकारी, फलफूल, खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको नि:शुल्क होम डेलिभरी सुरु गरेको थियो ।

ई-कमर्समा अभ्यस्त नभइसकेको नेपाली बजारमा उपभोक्ताको अथाह माया पाएको कम्पनीले जनाएको छ । ‘नेपालभर दैनिक सात सयभन्दा बढी नि:शुल्क डेलिभरी गर्दै आएको ग्यापु चमत्कारिक रुपमा एक वर्षको अवधिमा अत्यधिक रुचाइएको नेपालीको आफ्नै इकमर्स प्लेटफर्म बन्न सफल भएको छ,’ कम्पनीले प्रेस विज्ञप्तिमा भनेको छ ।

‘यो सफलताको श्रेय हाम्रा सम्पूर्ण ग्राहक, भेन्डर र दिन रात नभनी कोभिड महामारीको समयमा पनि  निरन्तर खट्ने हाम्रा कर्मचारी तथा हाम्रो होस्टेमा हैंसे गर्ने सञ्चारकर्मी साथीहरूहरुलाई दिन्छौं,’ कम्पनीले अगाडि भनेको छ, ‘यहाँहरुको साथ र समर्थन बिना हाम्रो यो सफल यात्रा सम्भव थिएन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४