close

अब सहकारी र लघुवित्तका ग्राहकले समेत क्यूआर भुक्तानी गर्न सक्ने

टेकपाना टेकपाना

बैशाख २९, २०७८ २०:८

अब सहकारी र लघुवित्तका ग्राहकले समेत क्यूआर भुक्तानी गर्न सक्ने

काठमाडौं । अब सहकारी तथा लघुवित्त संस्थाका सदस्यहरुले समेत क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन् । वित्तीय प्रविधि सम्बन्धी कम्पनी इन्फोडेभलपर्स प्रालीले फोनपेसँगको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याएको हो ।

विगत १९ वर्षदेखि सूचना तथा संचार प्रविधि क्षेत्रमा कार्य गर्दै आएको इन्फो डेभलर्पस प्रालिले सहकारी तथा लघुवित्तहरुको लागि कोर बैंकिङ सिस्टमका साथै अन्य सेवा प्राविधिक सेवा समेत दिँदै आएको छ । हाल इन्फोडेभलर्पसमा झण्डै एक हजारभन्दा बढी सहकारी तथा लघुवित्त संस्था आवद्ध रहेका छन् ।

कम्पनीले मोबाइल बैंकिङ, एटीएम, ई-बैंकिङ, ट्याब्लेट बैंकिङ सेवा समेत सुरु गरिसकेको छ ।कम्पनीले देशका अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा, खल्ती, आईएमई पे, प्रभु पेसँगको सहकार्यमा एमडबली मोबाइल बैंकिङ प्लेटर्फम सञ्चालनमा ल्याएको छ ।

जसमार्फत सहकारी तथा लघुवित्त संस्थाहरुलाई डिजिटल बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । इन्फोडेभलर्पसले विकास गरेको ‘एमडबली’ मोबाइल बैंकिङ’ प्लेटर्फम मार्फत आहिले सहकारी र लघुवित्तका सदस्यहरुले आफ्नो खाताको रकम नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा तुरुन्तै ट्रान्सफर गर्न सक्छन् ।

साथै सहकारी तथा लघु वित्त संस्थाका सदस्यहरुले घरमै बसेर यो सेवाबाट आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्सको जानकारी लिन र स्टेटमेन्ट हेर्न सक्छन् । त्यससँगै ऋणको जानकारी लिन र तिर्न, तथा फोन, इन्टरनेट, टिभि रिचार्ज गर्ने सुविधा पनि यसमा रहेको छ ।

त्यस्तै बिजुली तथा खानेपानीको बिल तिर्न, हवाई टिकट काट्न, क्युआर भुक्तानी (फोन पे) गर्न, बीमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न आदि कार्य पनि घरबाटै गर्न सकिन्छ । इन्फोडेभलर्पसले नयाँ फिचर स्पट बैंकिङ सेवा पनि सार्वजनिक गरेको छ ।

सहकारी तथा लघुवित्तका सदस्यहरुले ‘एमडबली’ मोबाइल बैंकिङ प्लेटर्फममार्फत यो सेवा प्रयोग गरी सजिलै खातामा रकम जम्मा गर्न र निकाल्न सक्छन् । जसले गर्दा प्रयोगले खातामा रकम जम्मा गर्न र निकाल्न सहकारी तथा लघुवित्त संस्था सम्म पुग्नपर्ने बाध्यताको अन्तय भएको छ ।

कोभिड-१९ को महामारीका कारण सहकारी तथा लघुवित्तहरुले पहिले जस्तो खुला रूपमा सदस्यहरुसँग सम्पर्क कायम गरी बैंकिङ कारोबार गर्न सम्भव छैन । यस्तो परिस्थितिमा इन्फोडेभलर्पसले एमडबली मार्फत मोबाइल बैंकिङमा स्पट बैंकिङ सर्भिस (घरदैलो बैंकिङ) को सुरुवात गरेको हो । 

यो सेवाको प्रयोग गरी सहकारी तथा लघुवित्त संस्थाहरुले आफ्ना सदस्यहरुलाई ‘स्पट लिडर’ को रुपमा नियुक्त गरी आफ्नो गाउँ-ठाउँमै खातामा रकम राख्ने र निकाल्ने सुविधा उपलब्ध गराउन सक्छन् । स्पट लिडरहरुले ‘एमडबली’ एपमा रहेको सहकारी तथा लघुवित्तहरुमा बैंक ट्रान्सफर गर्ने सुविधा प्रयोग गरी तत्कालै कारोबार गरी त्यसको हिसाब मिलान गर्न समेत सक्छन् ।

स्पट बैंकिङ सेवाबाट सहकारी तथा लघुवित्त संस्थाहरुले आफ्ना ग्राहकहरुको आय अभिवृद्धि गर्ने कार्यमा समेत सहयोग पुर्‍याउन सक्छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीले स्पट लिडरबाट घरदैलो बैंकिङ सेवा संचालन गर्नसक्ने जानकारी दिए ।

‘हाम्रो स्पट बैंकिङ सेवालाई संस्थाहरुले एटीएम सेवाको विकल्पको रूपमा समेत प्रयोग गर्नसक्छन्,’ उनले भने ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४