close

सलमान खान अभिनित ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा

टेकपाना टेकपाना

बैशाख ३०, २०७८ १६:१०

सलमान खान अभिनित ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा

२०७८ वैशाख २९, नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित ‘राधे’ प्रसारण गरेको छ । प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ ।

बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केही हद सम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने छ । मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ ।

ग्राहकले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्नेछन् । याे वेबसाइटबाट फिल्म सम्बन्धी एवम्ं सेवा सम्बन्धी थप जानकारी लिन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४