close

भारतबाट आयात गरिएका मोबाइलमा ‘भीओएलटीई’ सेवा नचल्ने

टेकपाना टेकपाना

जेठ २, २०७८ ११:२५

भारतबाट आयात गरिएका मोबाइलमा ‘भीओएलटीई’ सेवा नचल्ने

काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि ‘भीओएलटीई’ सेवाको परीक्षण थाल्दै छ । यो सेवा प्रयाेग गर्न ८०० र १८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल चाहिने टेलिकमले जनाएकाे छ ।

नेपाल टेलिकमले हाल ग्रामीण तथा दुर्गम क्षेत्रमा ८०० मेगाहर्ज फ्रक्वेन्सीमा आधारित फोरजी सेवा विस्तार गरिरहेको छ । यस्तो फ्रिक्वेन्सीमा आधारित बीटीएस टावरले लामो दूरीमा नेटवर्क पुर्‍याउन सक्छ ।

तर भारतमा बन्ने मोबाइलहरुले भने ८०० मेगाहर्ज फ्रिक्वेन्सीलाई सपोर्ट गर्दैनन् । ‘भारतमा फोरजीका लागि ८०० मेगाहर्जको फ्रक्वेन्सी नै प्रयोग हुँदैन,’ टेलिकमका प्रबन्ध निर्देशक अधिकारी डिल्ली अधिकारीले भने, ‘यसैले भारतमा बन्ने मोबाइलमा हाम्रो ८०० मेगाहर्जमा आधारित नेटवर्कको सपोर्ट हुँदैन ।’

तर भारतबाहेक चीन, भियतनाम लगायत अन्य देशमा बनेका मोबाइल सेटमा भने यस किसिमको समस्या छैन । यसकारण फोरजी अथवा भीओएलटीई सेवा लिन ८०० र १८०० दुवै ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल भएको निश्चित गरेर मात्र खरिद गर्न टेलिकमले ग्राहकलाई आग्रह गरेको छ ।

‘भीओएलटीई’ सेवा (VoLTE) के हो र कसरी लिने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४