close

नबिल बैंकको डलर कार्ड अब अनलाइनबाटै

टेकपाना टेकपाना

जेठ २, २०७८ १९:३६

नबिल बैंकको डलर कार्ड अब अनलाइनबाटै

काठमाडौं । नबिल बैंकले जारी गरेकाे डलर कार्ड ‘नबिल आईकार्ड’ का लागि अब बैंककाे वेबसाइटबाटै निवेदन दिन सकिने भएकाे छ ।

यो नयाँ सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकले बैंकको वेबसाइटमा ‘नबिल आईकार्ड’ सेक्सनमा गई ‘अप्लाई नाउ’ विकल्प छानी डलर कार्डका लागि निवेदन दिन सक्नेछन् ।

यसपछि कार्ड संकलन गर्न आफूलाई पायक पर्ने बैंकको शाखा पुग्नुपर्छ । यो कार्डसम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छ ।

थप जानकारीका लागि ग्राहक सेवा केन्द्र (०१–५९७००१५) मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४