close

पुरानो फोनमा यसरी गर्न सकिन्छ फास्ट चार्ज

टेकपाना टेकपाना

जेठ ४, २०७८ २३:२३

पुरानो फोनमा यसरी गर्न सकिन्छ फास्ट चार्ज

काठमाडौं । पुरानो एन्ड्राेइड फाेनमा प्राय: फास्ट चार्जिङ ब्याट्री हुँदैन । यस्तो अवस्थामा स्वभावैले ब्याट्री ढिलो चार्ज हुन्छ । यस्ता फाेनले फास्ट चार्जिङ सपोर्ट त गर्छन्, तर छिटो चार्ज भने हुँदैन ।

तर कतिपय अवस्थामा ढिलो चार्ज हुने फोनमा पनि फास्ट चार्ज गर्न सकिन्छ । फोनको सेटिङ्समा एउटा परिवर्तन गर्दा ढिलाे चार्जकाे समस्याबाट मुक्ति पाउन सकिन्छ । याे सेटिङ परिवर्तनले चार्जिङ समयलाई कम्तीमा पनि २० प्रतिशतले घटाउनेछ ।

फास्ट चार्जिङसँग सम्बन्धित सेटिङ तपाईंको फोनभित्रै हुन्छ । फोनको सेटिङमा रहेको Developer Options भित्र याे फिचर हुन्छ, जसलाई पहिले एक्टिभेट गर्न जरुरी हुन्छ ।

यो फिचर प्रयोग गर्न पहिले फोनको Setting हुँदै About Phone मा जानुहोस् । त्यसपछि देखिने विभिन्न अप्सनमध्ये Build Number लाई ७-८ पटक ट्याब गर्नुहाेस् ।

यसपछि डेभलपर अप्सन आउँछ । यस अप्सनभित्र फोनसँग सम्बन्धित केही सेक्रेट सेटिङ छन् ।

१. फोनमा रहेकाे Developer Options ट्याब गर्नुहाेस् ।

२. यसपछि Networking अप्सनमा रहेकाे Select USB configuration मा ट्याब गर्नुहाेस् । यसमा MTP अटाे सेलेक्ट भएकाे हुन्छ । अब Charging अप्सन सेलेक्ट गर्नुहाेस् ।

३. Charging अप्सन सेलेक्ट गरेपछि पुनः Developer Options फर्कनुहोस् । यसपछि, पुन: अघिकाे विधि दाेहाेर्‍याउनुहाेस् । Charging सेलेक्ट गरिएको छ वा छैन जाँच गर्नुहोस् ।

अब फोन चार्जमा राख्नुभयाे भने पहिलेको भन्दा फास्ट चार्ज हुन्छ । एन्ड्रोइड स्मार्टफोन अन्तर्गत USB configuration मा मिडिया ट्रान्सफर प्रोटोकल (MTP) डिफल्ट रूपमा रहन्छ ।

यसबाट Charging अप्सन सेलेक्ट गर्नुभयाे भने तुलनात्मक रूपमा फास्ट चार्ज हुन्छ र ढिलाे चार्जिङ समस्याबाट केही हदसम्म मुक्ति पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१