close

अरु साओमी मोबाइलमा पनि चल्न थाल्यो टेलिकमको भीओएलटीई

टेकपाना टेकपाना

जेठ ५, २०७८ २०:१९

अरु साओमी मोबाइलमा पनि चल्न थाल्यो टेलिकमको भीओएलटीई

काठमाडौं । नेपाल टेलिकमले हालै परीक्षणको रुपमा सञ्चालनमा ल्याएको फोरजी भीओएलटीई सेवा साओमीका थप स्मार्टफोनमा समेत चल्न थालेको छ । सार्वजनिक हुँदाको समयमा साओमीका केवल ५ स्मार्टफोनमा उपलब्ध यो सेवा अब कम्पनीका थप ८ फोनमा समेत चल्न थालेको हो ।

नेपाल टेलिकमका अनुसार साओमी रेड्मी नोट ९ प्राइम, साओमी मि १०, साओमी रेड्मी ९ सी, साओमी रेड्मी नोट नाइन प्रो र साओमी रेड्मी ८ एमा यस अघिदेखि नै भीओएलटीई सेवा उपलब्ध छ ।

अब भने साओमी रेड्मी नोट ९ रेड्मी नोट ७ प्रो रेड्मी १० प्रो रेड्मी ९ ए रेड्मी ८ रेड्मी ७ पोको एफ वान र मि नोट १० लाइटमा समेत यो सेवा चलाउन सकिने भएको छ ।

यससँगै अब टेलिकमको फोरजी भीओएलटीई सेवा चलाउन सकिने मोडेलको संख्या ४७ पुगेको छ । जसमा सामसङका ३१ वटा मोडेल, साओमीका १३ मोडेल र नोकियाका ३ वटा मोडेल रहेका छन् ।

टेलिकमका प्रयोगकर्ताले आफ्नो मोबाइलमा *444# डायल गरी अंक २ थिचेर यो सेवा एक्टिभ गराउन सक्छन् । त्यसपछि आफ्नो मोबाइलको सेटिङमा गएर भीओएलटीई अन गरेर *111# डायल गरी १०० मिनेट भीओएलटीई कल निःशुल्क पाउन सकिन्छ ।

यस्ता छन् टेलिकमको भीओएलटीई सेवा चल्ने मोबाइल

  1. Samsung Galaxy M01s
  2. Samsung Galaxy M02
  3. Samsung Galaxy M02s
  4. Samsung Galaxy M11
  5. Samsung Galaxy M12
  6. Samsung Galaxy M21
  7. Samsung Galaxy M30s
  8. Samsung Galaxy M31
  9. Samsung Galaxy A12
  10. Samsung Galaxy A51
  11. Samsung Galaxy A52
  12. Samsung Galaxy A70
  13. Samsung Galaxy A70s
  14. Samsung Galaxy A71
  15. Samsung Galaxy A72
  16. Samsung Galaxy Note 10 Lite
  17. Samsung Galaxy S10
  18. Samsung Galaxy S10+
  19. Samsung Galaxy S10e
  20. Samsung Galaxy S20
  21. Samsung Galaxy S20+
  22. Samsung Galaxy S20 ultra
  23. Samsung Galaxy S20 FE
  24. Samsung Galaxy S21
  25. Samsung Galaxy S21+
  26. Samsung Galaxy S21 Ultra
  27. Samsung Galaxy Note 10
  28. Samsung Galaxy Note 10+
  29. Samsung Galaxy Note 20
  30. Samsung Note 20 Ultra
  31. Samsung Galaxy Z Fold2
  32. Xiaomi Redmi 8A
  33. Xiaomi Redmi Note 9 pro 
  34. Xiaomi Redmi Note 9
  35. Xiaomi Redmi Note 7 Pro
  36. Xiaomi Redmi Note 10 Pro
  37. Xiaomi Redmi 9C
  38. Xiaomi Redmi 9A
  39. Xiaomi Redmi 9 Prime
  40. Xiaomi Redmi 8
  41. Xiaomi Redmi 7
  42. Xiaomi Poco F1
  43. Xiaomi Mi Note 10 Lite
  44. Xiaomi Mi 10
  45. Nokia 5.3
  46. Nokia 7.2
  47. Nokia 3.4

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१