close

विश्वकै शीर्ष ९ मा नेपालको पब्जी मोबाइल टिम डीआरएस

टेकपाना टेकपाना

जेठ ८, २०७८ ९:४१

विश्वकै शीर्ष ९ मा नेपालको पब्जी मोबाइल टिम डीआरएस

काठमाडौं । पब्जी मोबाइल टिमको विश्व वरियतामा नेपाली टिम डीआरएस गेमिङ (द रियल सोल्जर्स) ९ औं स्थानमा पर्न सफल भएको छ ।

हालै ईस्पोर्टस् जेनले सार्वजनिक गरेको नयाँ सूचीमा डीआरएसले नेपालबाटै पहिलो पटक शीर्ष ९ मा आफूलाई उभ्याएको हो । अघिल्लाे महिना याे टिम १० औं स्थानमा थियाे ।

शीर्ष ८० टिमकाे याे सूचीअनुसार डीआरएस गेमिङ दक्षिण एसियाली क्षेत्रकै दाेस्राे उत्कृष्ट पब्जी मोबाइल टिम बनेको छ । यो टिमले कुल ४९४ अंक पाएको छ ।

डीआरएस गेमिङ कानूनी रुपमा दर्ता हुने नेपालकै पहिलो पब्जी टिम हाे । आधिकारिक रुपमा दर्ता भएर पब्जी तथा ईगेमिङलाई व्यावसाियक रुपमा अगाडि बढाउन तम्सेको याे टिम सन् २०२० मा अशेष राई र रिजन खत्रीले स्थापना गरेका थिए ।

नयाँ लगानी र सञ्चालक टिम पाएकाे डीआरएस टिममा हाल पाँच जना खेलाडी युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) र अञ्जन राई (एआरबोरो) रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१