close

सामाजिक सञ्जालबाट कोरोना भाइरसको ‘इन्डियन भेरियन्ट’ लेखिएका पोष्ट हटाउन भारतको निर्देशन

टेकपाना टेकपाना

जेठ ९, २०७८ १०:३

सामाजिक सञ्जालबाट कोरोना भाइरसको ‘इन्डियन भेरियन्ट’ लेखिएका पोष्ट हटाउन भारतको निर्देशन

काठमाडौं । भारतको इलेक्ट्रोनिक्स एन्ड इन्फरमेसन टेक्नोलोजी मन्त्रालयले सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई कडा निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरसको भारतीय भेरियन्ट उल्लेख गरिएका सबै पोस्ट तत्काल हटाउन सम्बन्धित सामाजिक सञ्जाललाई निर्देशन दिएको हो ।

भारत सरकारको तर्फबाट जारी गरिएको सोसल मिडिया एड्भाइजरीमा भनिएको छ, ‘यस प्रकारका पोस्टले फेक न्युज तथा भ्रामक खबर फैलाइरहेका छन् ।’ मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्ममा कोरोनाभाइरसको भारतीय भेरियन्ट नाममा कयौं प्रकारका सूचना फैलाइएको उल्लेख गरेको छ ।

यस्तोमा मन्त्रालयले जुनसुकै प्रयोगकर्ताले राखेका त्यस्ता पोस्ट हटाउन निर्देशन दिएको हो । भारत सरकारले कोरोनाभाइरसको भारतीय भेरियन्टको नाममा फैलाइने समाचार पूर्णतः गलत भएको दाबी समेत गरेको छ ।

‘यस प्रकारको कुनै पनि कोरोनाभाइरस भेरियन्टका लागि विश्व स्वास्थ्य संगठनको तर्फबाट कुनै पनि धारणा आएको छैन । कोरोनाभाइरसको बी१६१७ सँग जोडिएका भारतीय भेरियन्टलाई समेत उसले मान्यता दिएको छैन,’ भारतको सञ्चार मन्त्रालयले भनेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले समेत यस मामिलामा एउटा स्पष्टीकरण जारी गरेको थियो । जसमा सामाजिक सञ्जाल प्लेटफर्ममा कोरोनाभाइरसको भारतीय भेरियन्टसँग जोडिएका पोस्टहरु हटाउन भनिएको थियो ।

जसमा भनिएको थियो, ‘डब्लूएचओले आफ्नो ३२ पृष्ठ लामो दस्तावेजमा कोरोना भाइरसको बी.१.६१७ भेरियन्टसँग इन्डियन भेरियन्ट शब्द जोडेको छैन । त्यसैले कुनै पनि भेरियन्ट डब्लूएचओले वैज्ञानिक रुपमा उल्लेख गरेको छैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१