close

ग्यापुको ‘जी-क्यास अफर’, एप डाउनलोड र रिफर गर्दा १०० माथिको बोनस

टेकपाना टेकपाना

जेठ ९, २०७८ १४:१६

ग्यापुको ‘जी-क्यास अफर’, एप डाउनलोड र रिफर गर्दा १०० माथिको बोनस

काठमाडौं । अनलाइन शपिङ साइट ग्यापुले आफ्नो एपको डाउनलोड एक लाख पुरा भएको अवसरमा आफ्ना ग्राहकहरुको लागि ‘रिफर एण्ड अर्न’ अफरको ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले अनलिमिटेड जी-क्यास संकलन गरेर सामानहरु खरिद गर्दा थुप्रै रिवार्ड र छूट प्राप्त गर्न सक्नेछन् ।

ग्यापु मार्केटप्लेसका सँस्थापक तथा सीईओ ज्ञानेन्द्र खड्काका अनुसार जी-क्यासका लागि ग्राहकहरुले ग्यापु एप आफ्ना साथीहरुलाई रिफर गर्नुपर्ने हुन्छ । रिफर एसेप्ट गरेका ग्राहकले पनि ग्यापु एपको लिंक अरुलाई रिफर गरे वापत आफ्नो पहिलो खरिदमा छूटका साथै विभिन्न रिर्वाडहरु पाउन सक्ने खड्काले बताए । 

ग्यापु एपमा दर्ता भएका कुनैपनि ग्राहक यो अफरमा सहभागी हुन पाउनेछन् । त्यसका लागि ग्यापु एप डाउनलोड गरेर आफ्नो नाम रजिस्टर गरेर भेरिफाई गर्नुपर्ने हुन्छ । आफ्नो अकाउन्ट ईमेल अथवा मोबाइल नम्बरबाट भेरिफाई गराएपछि ग्राहकले आफ्ना साथीहरुलाई ग्यापु एप रिफर गरेर जी-क्यास कमाउन सक्नेछन् ।

के हो जीक्यास ?

‘जी-क्यास’ ग्यापुले आफ्ना ग्राहकहरुकहरुको लागि ल्याएको क्यास रिवार्ड अफर हो, जुन ग्यापुबाट सामानहरु खरिद गर्दाको समयमा मात्र प्रयोग गर्न सकिन्छ । ग्यापु एप डाउनलोड गर्ने वित्तिकै ग्राहकले आफ्नो खातामा ५० रुपैयाँको जीक्यास प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै मोबाइल भेरिफाई गरेपछि थप ५० रुपैयाँ प्राप्त गर्न सकिनेछ । यस बाहेक हरेक ग्राहकले ग्यापु मोबाइल एप डाउनलोड गर्दा १०० रुपैयाँ बोनस प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरी प्रत्येक रिफरमा ग्राहकले हरेक पटक थप ५० रुपैयाँ प्राप्त गर्नेछ । यसरी जति धेरै रिफर गर्न सक्यो, त्यति नै जी-क्यास प्राप्त हुनेछ ।

ग्यापु रिफर लिंक ह्वाट्एप, म्यासेन्जर, भाइबर लगायत सामाजिक सञ्जालमार्फत सेयर गर्न सकिने कम्पनीले जनाएको छ । रिफर मार्फत डाउनलोड गरिएको ग्यापु अकाउन्टको जीक्यासमा १०० रुपैयाँ व्यालेन्स हुनेछ ।

त्यसैगरी सोही लिंक रिफर गर्दा थप २० को व्यालेन्स अकाउन्टमा जम्मा हुनेछ । रिफर गरेको साथीले ग्यापु एप डाउनलोड गरेर आफ्नो मोबाइल र ईमेल अकाउन्ट भेरिफाई गरेपछि मात्र त्यो रिफर गरेको मान्य हुने बताइएको छ ।

निषेधाज्ञाको समयमा घरघरमा निःशुल्क डेलिभरी गर्दै आएको ग्यापुले २०७८ साल भित्र मोबाइल एप डाउनलोड गर्नेहरु मध्ये एकजनालाई नयाँ कार  उपहार दिने घोषणा गरिसकेको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१