close

इन्टरनेट हेर्दै स्यानिटाइजर बनाउने एक जना पक्राउ

टेकपाना टेकपाना

जेठ १०, २०७८ १९:१३

इन्टरनेट हेर्दै स्यानिटाइजर बनाउने एक जना पक्राउ

काठमाडौं । अनलाइनमा हेर्दै मापदण्ड विपरित स्यानिटाइजर बनाउने एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुर महानगरपालिका वडा नम्बर १० बाट स्थायी घर बुटवल उपमहानगरपालिका – १३ भएका २३ वर्षीय दुर्गा भट्टराईलाई पक्राउ गरेको हो ।

इन्टरनेट हेर्दै स्यानिटाइजर बनाउने र दर्ता नै नगरी प्याकिङ गरिरहेको सूचना पाएपछि प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

भट्टराईले कामदारसमेत राखेर स्यानिटाइजर बनाउने गरेको पाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

पछिल्लाे समय देशका विभिन्न ठाउँबाट मापदण्ड विपरीत स्यानिटाइजर बनाउने व्यक्तिहरू पक्राउ पर्न थालेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१