close

अनुसन्धान परियोजनाका लागि शुक्रबारसम्म प्रस्ताव पठाउन त्रिविको अनुरोध

टेकपाना टेकपाना

जेठ ११, २०७८ १८:४३

अनुसन्धान परियोजनाका लागि शुक्रबारसम्म प्रस्ताव पठाउन त्रिविको अनुरोध

काठमाडौं । शोधकर्ताका लागि त्रिभुवन विश्वविद्यालयले शुक्रबारसम्म आफ्नो अनुसन्धान परियोजनाको प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

मंगलबार एक सूचना प्रकाशित गर्दै शिक्षाध्यक्षको कार्यालय अनुसन्धान निर्देशनालयले अनुसन्धान कोषअन्तर्गत सहकार्यात्मक र शोध प्रबन्ध अनुसन्धान प्रस्ताव एवं त्यससँग सम्बन्धित सम्पूर्ण आवश्यक कागजात अनलाइनबाट पेश गर्न अनुरोध गरेको हो ।

कोभिड महामारीबाट देशमा सृजित बन्दाबन्दीको अवस्थाका कारण यसअघि प्रकाशित सूचनाअनुसार भाैतिक रूपमा उपस्थित हुन सम्भव नभएकाले विवरण ईमेलमा पठाउन अनुराेध गरिएकाे छ । कार्यालयकाे ईमेल एड्रेसमा विवरण पठाउन यहाँ क्लिक गर्नुहाेस् ।

No photo description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१