close

एन्ड्रोइडमा यसरी सजिलै एडिट गर्नुहोस् स्क्रिनशट

टेकपाना टेकपाना

जेठ १२, २०७८ १२:७

एन्ड्रोइडमा यसरी सजिलै एडिट गर्नुहोस् स्क्रिनशट

काठमाडौं । अहिलेका हरेक जसो स्मार्टफोनले स्क्रिनशट लिने अनुमति दिन्छन् । तर स्क्रिनशट लिइसकेपछि तपाईं के गर्नुहुन्छ ?

सायद जस्ताको त्यस्तै सामाजिक सञ्जालमा पोस्ट गर्ने वा अर्को व्यक्तिलाई पठाउने गर्नुहुन्छ । यसले चाहिनेभन्दा अनावश्यक कुरा बोक्ने मात्र होइन, कहिलेकाहिँ तपाईंका गोप्य जानकारी तथा विवरण लिक समेत हुने जोखिम रहन्छ ।

धेरैजसो एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेटहरुले स्क्रिनशट लिने वित्तिकै केही अप्सनहरु दिने गर्छन् । जसले गर्दा स्क्रिनशट शेयर गर्नुअघि तुरुन्तै एडिट गर्न गर्न सजिलो बनाउँछ ।

एन्ड्रोइडमा स्क्रिनशट लिनेमात्र होइन, त्यसलाई एडिट गर्ने विभिन्न तरिकाहरु छन् । सामसङ ग्यालेक्सी डिभाइसहरुमा अनेक विधिहरु छन् ।

यद्यपी बढी प्रचलनमा रहेको युनिभर्सल (विश्वव्यापी) तरिका भनेको स्क्रिनमा फ्ल्याश नभएसम्म भोलुम डाउन (आवाज कम गर्ने ) बटनसँगै पावर (मोबाइल अन/अफ गर्ने) बटन एकसाथ दबाउने हो । यो विधिले अधिकांश एन्ड्रोइड फोन तथा ट्याब्लेटमा काम गर्दछ ।

त्यसपछि के त भन्ने प्रश्न आउँछ । यो चाहिँ तपाईंको डिभाइस निर्माण गर्ने कम्पनीमा समेत भर पर्छ । आज हामी तपाईंलाई उदाहरणको रुपमा साओमी फोनहरुको प्रक्रिया बताउँदै छौं ।

कसरी एडिट गर्ने स्क्रिनशट ?

  • जब तपाईं मोबाइलमा स्क्रिनशट लिनुहुन्छ, त्यसलगत्तै एकछेउ तर्फ देखिने स्क्रिनशटमा थिच्नुहोस् ।
  • त्यहाँ तपाईंले केही तस्वीर एडिट गर्ने आधारभूत स्क्रिन देख्न सक्नुहुनेछ । सुरुमा हाइलाइट गरिएका छेउहरुलाई आफूले क्रप (काट्न) चाहेको खण्डमा सीमित गर्नुहोस् ।
  • अब स्क्रिनमा तपाईंले तल पुछारमा शेयर, क्रपसँगै, ड्र, टेक्स्ट, ब्लर तथा माथि मागमा डिलिट, अनडु, रिडु र सेभजस्ता अप्सनहरु देख्नुहुनेछ ।
  • ड्र, टेक्स्ट, ब्लर जस्ता अप्सनमा लगातार दुईपटक टच गर्नुभयो भने त्यसभित्र थप अप्सन देखिनेछन् ।
  • उपलब्ध टूलको सहयोगमा स्क्रिनशट एडिट गरिसकेपछि शेयर गर्नुहोस् अथवा सेभ बटन थिचेर आफ्नो मोबाइलमा सुरक्षित गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१