close

इन्स्टाग्राममा भिडिओको रिच कति पुग्यो, अब हेर्न मिल्ने

टेकपाना टेकपाना

जेठ १२, २०७८ १६:३९

इन्स्टाग्राममा भिडिओको रिच कति पुग्यो, अब हेर्न मिल्ने

काठमाडौं । हामी धेरैले फेसबुकको अर्को प्रडक्ट इन्स्टाग्राममा भिडिओ हाल्ने गरेको हुनुपर्छ । विशेषगरी इन्स्टाग्रामले ल्याएको रिल्समा तपाईंले भिडियो राख्नुहुन्छ ।

रिल्स र लाइभ भिडिओ कतिजनाले हेरे, भिडियो रिच कति भयो लगायतका विषयमा धेरैकाे चासाे हुनसक्छ । त्यसैलाई मध्यनजर गर्दै इन्स्टाग्रामले नयाँ फिचर उपलब्ध गराएको छ ।

यसको अर्थ अब प्रयोगतर्काले इन्स्टाग्राममा हालिएको भिडिओ तथा लाइभ भिडिओको इन्साइट हेर्न सक्ने भएका छन् । याे फिचर यसअघि फेसबुकमा उपलब्ध थियो ।

इन्स्टाग्रामले ल्याएको नयाँ फिचरले तपाईंको इन्स्टाग्राम अकाउन्टसँगै भिडिओको रिच कति पुग्यो, कति जनाले भिडिओ प्ले गरे लगायतकाे जनाकारी दिनेछ ।

यसका साथै उक्त भिडिओमा कति लाइक आयो, कतिले कमेन्ट गरे, कतिले भिडियो शेयर गरे र कतिले भिडिओ सेभ गरे भनेर पनि थाहा पाइन्छ ।

लाइभ भिडिओको हकमा सबैभन्दा बढी कति भिजिटर लाइभमा थिए, लाइभ भएको बेला अकाउन्टकाे रिच कति थियो, कमेन्ट र शेयर कतिले गरे भनेर हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१