close

नयाँ आईटी कानूनपछि भारतमा हलचल, ह्वाट्सएपले हाल्यो मुद्दा

टेकपाना टेकपाना

जेठ १२, २०७८ १७:३०

नयाँ आईटी कानूनपछि भारतमा हलचल, ह्वाट्सएपले हाल्यो मुद्दा

काठमाडौं । म्यासेजिङ प्ल्याटफर्म ह्वाट्सएपले भारत सरकार विरुद्ध दायर गरेको छ । बुधबारदेखी केन्द्र सरकारले कार्यान्वयनमा ल्याएको सूचना प्रविधिसङ्ग सम्बन्धित नयाँ कानून प्रयोगकर्ताको गोपनीयताको हक विरुद्ध रहेको भन्दै कम्पनीले मुद्दा दायर गरेको हो ।

रोयटर्सका अनुसार ह्वाट्सएपले मङ्गलबार बेलुका नै दिल्ली उच्च अदालतमा मुद्दा दर्ता गराएको हो । भारत सरकारले जारी गरेको उक्त कानूनमा सूचना प्रविधिसङ्ग जुनसुकै कम्पनीहरुले सरकारलाई प्रयोगकर्ताको जानकारी दिनुपर्ने प्रावधान राखिएको छ ।

यस्तो प्रावधान भारतकै सविधान विपरीत रहेको उल्लेख गर्दै ह्वाट्सएप अदालत पुगेको रोयटर्सले जनाएको छ । भारतमा मात्रै ह्वाट्सएपका ४० करोडभन्दा बढी प्रयोगकर्ता छन । fव्हाट्सएपले प्रयोगकर्ताको गोपनीयताको हकको सरक्षण गर्दै प्रयोगकर्ताका त्यस्ता विवरण ‘ट्रेस’ नगरिने जनाएको छ ।

ह्वाट्सएपमात्र हाेइन, नयाँ कानूनपछि भारतमा टेक जायन्टबीच एक किसिमको हलचल नै आएको छ । नयाँ कानून गोपनीयताको हक भङ्ग गर्न बाध्य पार्ने भन्दै धेरै कम्पनीहरुले यसमा असन्तुष्टि व्यक्त गरेका छन ।

नयाँ कानूनले सिर्जना गरेका बाध्यात्मक प्रावधानहरुका कारण भारतमा फेसबुक, ट्वीटरजस्ता ठूला सामाजिक सञ्जालहरू बन्द हुनसक्ने परिस्थितिको पनि आँकलन हुँदै आएका छन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१