close

नेटफ्लिक्स र डिज्नीसँग प्रतिस्पर्धा गर्न १० खर्बमा एमजीएम खरिद गर्दै अमेजन

टेकपाना टेकपाना

जेठ १३, २०७८ ११:५०

नेटफ्लिक्स र डिज्नीसँग प्रतिस्पर्धा गर्न १० खर्बमा एमजीएम खरिद गर्दै अमेजन

काठमाडौं । अमेजनले फिल्म र टेलिभिजन शो निर्माता एमजीएम स्टुडियोजलाई खरिद गर्न लागेकाे घाेषणा गरेकाे छ । सन १९२४ अप्रिल १७ मा स्थापना भएको एमजीएमलाई अमेजनले ८.४५ अर्ब डलर अर्थात् १० खर्ब २० कराेडभन्दा रूपैयाँभन्दा बढी रकममा किन्न किन्न लागेकाे जानकारी दिएकाे छ ।

एमजीएमले ४ हजारभन्दा बढी फिल्म र १७ हजार घण्टाभन्दा बढीकाे टेलिभिजन शाे निर्माण गरिसकेकाे छ । अन डिमान्ड भिडियोलाई थप व्यवसायिक बनाउन अमेजनले यो कम्पनी खरिद गर्न हो ।

एमजीएमलाई मारकस लोय र लुइस बी मेयरले स्थापना गरेका थिए । यस स्टुडियोजमार्फत जेम्स बण्डका फिल्म सिरिज निर्माण भएकाे छ । पछिल्लाे समय ओटीटी प्लेटफर्मले बजार कब्जा गरिरहेका बेला अमेजनले एमजीएम किन्न लागेकाे हाे ।

ओटीटी प्लेटफर्ममा अमेजन प्राइम भिडियोले नेटफ्लिक्सलाई जित्न गरेका अनेक प्रयत्नमध्ये जेम्स बण्ड सिरिजको निर्माता कम्पनिलाई किन्नुलाई पनि एक मानिएको छ ।

एमजीएमका फिल्मले अहिलेसम्म १८० एकेडेमी अवार्ड जितेका छन् । अमेजनले एमजीएमलाई यति ठूलो रकम दिनुको पछाडि यसका यी सबै उत्पादनको बौद्धिक सम्पत्तिको अधिकार भएको बताइएको छ ।

अमेजनले प्राइम भिडियोका लागि विशेष शो र फिल्महरू सिर्जना गर्न आफ्नै अमेजन स्टुडियोमा भारी लगानी गरिरहेकाे छ । यो अधिग्रहणपछि डिज्नी र नेटफ्लिक्ससँग ठूलो मात्रामा प्रतिस्पर्धा हुने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१