close

वातावरणमैत्री स्मार्टफोन छान्न ओप्पोले सघाउने

टेकपाना टेकपाना

जेठ १३, २०७८ १३:४८

वातावरणमैत्री स्मार्टफोन छान्न ओप्पोले सघाउने

काठमाडौं । युराेपका प्रमुख ५ माेबाइल अपरेटरद्वारा सञ्चालनमा ल्याइएको ‘पान-इन्डष्ट्री ईको रेटिङ स्किम’ ओप्पो पार्टनर बनेकाे छ । जून १ तारिखदेखि यो स्किम युरोपभर लागू हुँदै छ ।

याे रेटिङ स्किमले उपभोक्तालाई वातावरण सुरक्षा तथा दिगोपनका बारेमा सचेतना जगाउँदै सर्वाधिक टिकाउ स्मार्टफोनबीच तुलना र पहिचान गर्न सघाउने छ ।

युरोपका अग्रणी मोबाइल अपरेटर डच टेलिकम, अरेन्ज, टेलिफोनिका, टेलिया कम्पनी र भोडाफोनले संयुक्तरुपमा ईको रेटिङ इनिसिएटिभ सञ्चालनमा ल्याएका हुन् ।

यसको मूल उद्देश्य स्मार्टफोन तथा फिचर फोनको उत्पादन, प्रयोग, परिवहन र डिस्पोजलले पार्ने वातावरण माथिको असरका बारेमा सही र सटिक जानकारी उपलब्ध गराउनु हो । यस पहलमा सहयाेग गर्दै ओप्पोले समानान्तर मूल्यांकनको तरिका अवलम्बनका लागि सल्लाह सुझावका साथै डेटा उपलब्ध गराएको छ ।

याे प्रक्रियामा विस्तृत मूल्यांकनमार्फत हरेक स्मार्टफोन ह्याण्डसेटलाई तिनले आफ्नो जीवनचक्रका दौरान प्रदर्शित गर्ने वातावरणीय पर्फरमेन्सका आधारमा पूर्णांक १०० मध्यबाट ईको रेटिङ स्कोर प्रदान गरिन्छ ।

उपकरणलाई दिइने ईको रेटिङ लेबलले टिकाउपन, मर्मत योग्यता, रिसाइकलेबिलिटी, क्लाइमेट इफिसियन्सी र रिसोर्स ईफिसियन्सी गरी ५ पक्षको प्रतिनिधित्व गर्छ ।

औद्योगिक पार्टनर्ससँगको सहकार्यका साथै ओप्पोले डिजाइनिङदेखि प्याकेजिङलगायत हरसम्भव प्रक्रियामा दीर्घकालीन विकास प्रक्रिया अपनाउँदै आएको दाबी गरेकाे छ ।

कम्पनीले २०१९ को तुलनामा २०२० मा १३ गुणा बढी उत्पादन रिसाइकल गरेको छ । उदाहरणका लागि ओप्पोका प्याकेजिङ ४५ प्रतिशत नवीकरणीय फाइबरकाे प्रयोग गरिन्छ । त्यसैगरी ओप्पोले आफ्नो जेनरल वेस्टमा ४२.७% र इन्डाइरेक्ट ग्रिनहाउस ग्यास उत्सर्जनमा २०% ले कटौती ल्याएको जानकारी दिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१