close

काठमाडौं उपत्यकामा आजदेखि घरघरमा खाद्यन्न डेलिभरी गर्दै सरकारी कम्पनी

टेकपाना टेकपाना

जेठ १४, २०७८ ८:४२

काठमाडौं उपत्यकामा आजदेखि घरघरमा खाद्यन्न डेलिभरी गर्दै सरकारी कम्पनी

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइ गरिएसँगै आजदेखि निजीस्तरमा किराना पसल र डिपार्टमेन्टल स्टोरसमेत पूर्ण रूपमा बन्द गरिएको छ ।

यसकाे विकल्पका रूपमा उपभोक्तालाई खाद्यवस्तु आवश्यक परे दुई सरकारी कम्पनीलाई खाद्यन्न बिक्री गर्ने अवसर दिइएकाे छ ।

निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका बेला जिल्ला प्रशासन काठमाडाैंले त्यस्ता वस्तुको आपूर्ति सहज पार्न नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तर्फबाट माेबाइल गाडीकाे व्यवस्था गरिएकाे जानकारी दिएकाे छ ।

एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरी यस्ताे व्यवस्था मिलाइएकाे जिल्ला प्रशासन काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिए ।

प्रमुख पराजुलीले अत्यावश्यक सामानको अभाव हुन नदिने गरी व्यवस्था मिलाइएकाले ढुक्क भएर घरभित्रै बसी निषेधाज्ञाको पालना गरी कोरोना नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरे ।

सरकार मातहतका ती निकायले तेल, नुन, चामल, आँटा, दाल, चिनीलगायत अति आवश्यकीय खाद्यवस्तु घरमा डेलिभरी गरिदिने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१