close

अनलाइनमै पुल्चोक इन्जिनियरिङको प्रवेश परीक्षा तयारी कक्षा

टेकपाना टेकपाना

जेठ १४, २०७८ ११:३८

अनलाइनमै पुल्चोक इन्जिनियरिङको प्रवेश परीक्षा तयारी कक्षा

काठमाडौं । क्ल्याम्पहुक एकेडेमीले इन्जिनियरिङको प्रवेश परीक्षाका तयारी कक्षा अनलाइन माध्यममा सञ्चालन गर्ने भएको छ । कोरोना महामारीका कारण जारी निषेज्ञाज्ञाबीच एकेडेमीले न्यूनतम शुल्कमा अनलाइन कक्षा सञ्चालन गर्ने भएको हो ।

विगतमा इन्जिनियरिङको प्रवेश परीक्षाका विषयमा समयमै सही जानकारी नपाएर कयौं क्षमतावान विद्यार्थीले शैक्षिक वर्ष गुमाउनु पर्ने अवस्था देखेर क्ल्याम्पहुक एकेडेमीको स्थापना गरिएको संस्थापक इन्जिनियर विक्की छन्त्यालले बताए । ‘अधिकांश विद्यार्थी १२ कक्षाको परीक्षा दिएर स्नातक तह अध्ययनका लागि विभिन्न प्रवेश परीक्षाहरूको तयारी गर्न तत्काल काठमाडौं आउन सक्ने अवस्था छैन,’ उनले भने, ‘अब प्रवेश परीक्षाका लागि काठमाडौंमै आउनुपर्ने बाध्यता पनि हटेको छ । यसले काठमाडौं बस्दा खाँदा लाग्ने खर्च समेत जोगिएको छ ।’

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोक क्याम्पसबाट पासआउट भएका इन्जिनियरको टिमले गत वर्षको लकडाउनबीच क्ल्याम्पहुक एकेडेमी स्थापना गरेको थियो । एकेडेमीले निषेधाज्ञाबीच इन्जिनियरिङ अध्ययन संस्थान (आईओ‍ई) अन्तर्गत हुने स्नातक तहको बीई/बीआर्क प्रवेश परीक्षाका लागि अनलाइन तयारी कक्षा संचालन गर्नेछ ।

अघिल्लो वर्ष अनलाइन कक्षा संचालन गरिसकेको क्ल्याम्पहुकले निषेधाज्ञाका कारण कक्षा १२ को अन्तिम परीक्षा अगावै अनलाइन कक्षा संचालन गर्ने जनाएको छ । विद्यार्थीलाई आर्थिक भार नपर्ने गरी सर्वसुलभ होस् भनेर क्ल्याम्पहुकबाट उपलब्ध हुने सबै सुबिधा सहित पुरा कोर्षको ६ हजार रुपैयाँ तोकिएको छ ।

‘क्ल्याम्पहुकमा कक्षा लिने सबै शिक्षकहरु पुल्चोकबाटै ‘ग्रयाजुयट’ इन्जिनियर तथा अघिल्लो वर्षका आईओई टपर हुन्’ छन्त्यालले भने ‘आईओई प्रवेश परीक्षा तयारीका लागि विद्यार्थीले ध्यान दिनुपर्ने ‘माइक्रो लेभल’का कुराहरू पनि हामी सिकाउँछौं ।’

लाइभ अनलाइन कक्षाहरूसँगै रेकर्डेड क्लास पनि उपलब्ध हुने बताइएको छ । विद्यार्थीलाई गणित, फिजिक्स, केमेस्ट्री तथा अंग्रेजी विषयको आईओई प्रवेश परीक्षाको पाठ्यक्रममा आधारित डिजिटल नोटको व्यवस्थासमेत गरिएको छ ।

विगत वर्षदेखि आईओई इन्ट्रान्समा आएका प्रश्नहरूको आधारमा तयार पारिएको मोडेल प्रश्नपत्रका सेटहरू विद्यार्थीलाई अभ्यास गर्न दिइने छ । क्ल्याम्पहुकमा अध्ययन गर्ने विद्यार्थीलाई हरेक शनिवार ‘वीक्ली मक टेस्ट’ को व्यवस्था समेत गरिएको छ ।

त्यस्तै विद्यार्थीले २४ सै घण्टा प्रश्नहरू सोध्नसक्ने गरी ‘डिस्कर्ड प्लेटफम’ उपलब्ध गराइने छ । प्रवेश परीक्षामा ‘मल्टिपल च्वाइस कोइस्चन’ सोधिने र त्यस्ता प्रश्नहरूमा अभ्यास आवश्यक पर्ने हुदा अधिकांश विद्यार्थीहरूले त्यस अगावै प्रवेश परीक्षा तयारी कक्षा लिने गर्दछन् ।

पुल्चोक क्याम्पसको ५७६ सिटका लागि हरेक वर्ष १२ हजारभन्दा बढी विद्यार्थीले आईओईको प्रवेश परीक्षामा सहभागिता जनाउँदै आएका छन् । केन्द्रीय क्याम्पस पुल्चोकबाहेक इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका ४ आंगिक क्याम्पस लगायत निजी कलेजमा भर्ना पाउनका लागि पनि विद्यार्थीले राम्रो मेरिटमा परीक्षा पास गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१