close

डार्कवेबको विकल्प बन्दै टेलिग्राम, लाखौं अवैध डेटा लिक हुँदै

टेकपाना टेकपाना

जेठ १४, २०७८ १०:५६

डार्कवेबको विकल्प बन्दै टेलिग्राम, लाखौं अवैध डेटा लिक हुँदै

काठमाडौं । पछिल्ले सयम म्यासेजिङ प्लेटफर्म टेलिग्राम डार्कवेबको विकल्पको रुपमा प्रयोग भइरहेको पाइएको छ । साइबर सुरक्षा अनुसन्धानकर्मीहरूले गरेको पछिल्लाे अध्ययनअनुसार टेलिग्राममा लाखौं प्रयोगकर्ताको गोप्य जानकारी सार्वजनिक भइरहेको छ ।

टेलिग्राममा बनाइने ग्रुप तथा च्यानलमार्फत यस्ता जानकारी बाहिर आइरहेको अनुसन्धानकर्मीले जनाएका छन् । भीपीएन मेन्टर नामकाे अनुसन्धान कम्पनीले गरेकाे साे अनुसन्धानमा टेलिग्राम साइबर अपराधीका लागि लागि सुरक्षित स्थान भएको उल्लेख गरिएकाे छ ।

याे प्लेटफर्ममार्फत उनीहरुले डेटा लिक गर्नुका साथै विभिन्न अनलाइन फ्रड गरिरहेको जनाइएको छ । यसअघि नर्टन लाइफ लक नामक संस्थाले गरेको अध्ययनले पनि टेलिग्राम अवैध मार्केटप्लेस भएको निष्कर्ष निकाल्दै लाखौं व्यक्तिकाे डेटा लिक गर्न विकल्प बनिरहेकाे जनाएकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१