close

आन्टरप्रेनियर फर नेपालका सहसंस्थापक थापाको स्वास्थ्य गम्भीर, सहयोगका लागि अपिल

टेकपाना टेकपाना

जेठ १४, २०७८ १४:४७

आन्टरप्रेनियर फर नेपालका सहसंस्थापक थापाको स्वास्थ्य गम्भीर, सहयोगका लागि अपिल

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष एवं आन्टरप्रेनियर फर नेपालका सहसंस्थापक उज्ज्वल थापाकाे स्वास्थ्य स्थिति जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

कोरोना र निमोनिया देखिएपछि थापा दुई साताअघि अस्पताल भर्ना भएका थिए । पार्टीका संयोजक मिलन पाण्डेका अनुसार उनलाई राजधानीकाे ह्याम्स अस्पतालबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो भने शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा लग्ने तयारी भइरहेकाे छ ।

थापाकाे उपचारका लागि चिकित्सकले २५-३० लाख लाग्ने जानकारी दिएकाले सहयाेग संकलन थालिएकाे उनले बताए । यसका लागि आलोक सुवेदीलाई कुमारी बैंक मैतीदेवीको खाता नम्बर १९४०१०५०६५४००००१ मा आर्थिक सहयोग संकलन गर्न सकिने छ ।

साथै खल्ती र ईसेवा वालेटबाट सहयाेग गर्न ९८१०२७६४७३ मा सम्पर्क गर्न सकिने जनाइएकाे छ । त्यस्तै विदेशमा रहेका नेपालीले गाे फण्ड मीबाट सहयाेग गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१