close

फेसबुक र इन्स्टाग्रामका पोस्टमा अब ‘लाइक’ लुकाउन सकिने

टेकपाना टेकपाना

जेठ १४, २०७८ १६:२२

फेसबुक र इन्स्टाग्रामका पोस्टमा अब ‘लाइक’ लुकाउन सकिने

काठमाडौं । फेसबुक र इन्स्टाग्रामले अब तपाईंलाई पोस्टमा ‘लाइक्स्’ हाइड गर्ने विकल्प दिने भएका छन् । केही हप्ताको परीक्षणपछि विश्वका यी दुई लोकप्रिय सोसल मिडिया एपले यो फिचर सार्वजनिक गर्ने तयारी गरेका छन् । यसअन्तर्गत आफ्ना पोस्टमा लाइक लुकाउने वा देखाउने विकल्प प्रयोगकर्तासामु हुन्छ ।

यसअघि सन् २०१९ मा फेसबुकले यी दुवै प्लेटफर्ममा लाइक नदेखिने बनाउन लागेकाे जनाएकाे थियाे । पोष्टमा आउने लाइकको संख्याले पनि प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा असर पर्ने भन्दै लाइकको संख्या नदेखाउने घाेषणा कम्पनीले गरेकाे थियाे ।

तर, उक्त निर्णयबाट अहिले फेसबुक पछि हटेकाे छ । नयाँ फिचरकाे रूपमा अब प्रयोगकर्ताले आफैंले पोष्टमा लाइकको संख्या देखाउने/नदेखाउने विकल्प पाउने भएका छन् । यसअन्तर्गत प्रयोगकर्ताले आफ्नो निश्चित पोष्ट वा सबै पाेस्टमा लाइकको संख्या देखाउन वा नदेखाउन विकल्प पाउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१