close

एनसेललाई पनि मोबाइल मनी सञ्चालनको अनुमति

टेकपाना टेकपाना

जेठ १४, २०७८ १६:५७

एनसेललाई पनि मोबाइल मनी सञ्चालनको अनुमति

काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले पनि मोबाइल मनी सेवा सञ्चालनको अनुमति पाएको छ । यस अघि नेपाल टेलिकमलाई उपलब्ध गराइएको जस्तै एनसेललाई समेत भुक्तानी सेवाप्रदायकको अनुमति दिइएको हो ।

आर्थिक सर्वेक्षण २०७७ प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्रालयले यसको जानकारी दिएको हो । प्रतिवेदन अनुसार मोबाइल वित्तीय सेवा र मोबाइल भुक्तानी सेवाको विकास र नियमन गर्न नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएर कार्यान्वयनमा आएको छ ।

सोही अनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेडलाई सहायक कम्पनी स्थापना गरी भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्न स्वीकृति दिइएको हो । यससँगै अब एनसेलले पनि छुट्टै सहायक कम्पनी खडा गरी मोबाइल भुक्तानी सेवा उपलब्ध गराउनेछ । यसको अर्थ कम्पनीका प्रयोगकर्ताले मोबाइल नम्बरलाई नै वालेट खाताको रुपमा भुक्तानी कार्यका लागि प्रयोग गर्न पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१