close

नेपालको नयाँ साइबर सुरक्षा नीतिका लागि तपाईंको के छ सुझाव ?

टेकपाना टेकपाना

जेठ १४, २०७८ १७:५७

नेपालको नयाँ साइबर सुरक्षा नीतिका लागि तपाईंको के छ सुझाव ?

काठमाडौं । सरकारले नयाँ साइबर सुरक्षा नीति ल्याउने भएकाे छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदा तयार पारेकाे छ । साे मस्याैदामा राय, सुझाव र पृष्ठपोषण उपलब्ध गराई सहयाेग गर्न सराेकारवालालाई मन्त्रालयले अनुराेध गरेकाे छ ।

मन्त्रालयका उपसचिव मुकुन्द जाेशीले जारी गरेकाे एक सूचनामा आउँदो जेठ २८ गतेसम्म राय, सुझाव र पृष्ठपोषणकाे सफ्टकपी ईमेल एड्रेस [email protected] वा [email protected] मा उपलब्ध गराउन अनुराेध गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१