close

घरमै बसी डक्टरसँग भिडिओ परामर्श लिन मिल्ने एप

टेकपाना टेकपाना

जेठ १५, २०७८ ७:२७

घरमै बसी डक्टरसँग भिडिओ परामर्श लिन मिल्ने एप

काठमाडौं । निषेधाज्ञाको समयमा मानिसहरु घरमै सुरक्षित रुपमा बस्नुपर्ने बाध्यतामा छन् । यस्तो अवस्थामा अस्पताल र क्लिनिकमा जाँदा थप अर्को रोग बोकेर आइएला कि भन्ने चिन्ता छ ।

तर नियमित बिरामीलाई सो रोगसँग सम्बन्धित चिकित्सक वा विशेषज्ञसँग परामर्श लिन जरुरी हुन्छ । दीर्घ रोगी, गर्भवति र बालबच्चाका लागि त स्वास्थ्य चिकित्सकसँग बारम्बार परामर्शमा जोडिनुपर्ने हुन्छ ।

यस्तो अवस्थामा धेरै मानिसहरु अस्पताल कसरी जाने, डक्टरसँग कसरी परामर्श लिने भन्ने दुविधामा हुन सक्छन् । यसका लागि सरल उपाय लिएर मेरो डक्टर आएकाे छ ।

याे अनलाइन सेवाबाट तपाईंले घरमै बसी आफूले चाहेको डक्टरसँग समय लिने, भिडिओबाटै आफ्ना समस्या सुनाउन र समाधान खोज्न सकिने लगायतकाे सुविधा रहने जनाइएकाे छ ।

मिदास टेक्नाेलाेजीले विकास गरेकाे मेराे डक्टरकाे सेवा मोबाइल एप वा वेबसाइट दुवैबाट लिन सकिन्छ । मेराे डक्टरमा देशभरका सयौं विशेषज्ञ चिकित्सकहरू इन्टरनेटमार्फत भिडिओ परामर्श गरेर बिरामीहरुको स्वास्थ्य जाँच गर्न उपलब्ध गराइएकाे छ ।

तपाईं कुन रोगसँग सम्बन्धित विशेषज्ञ चाहनुहुन्छ, यो एपमा सजिलै खोज्न सक्नुहुन्छ र डक्टरसँग भिडिओ परामर्शका लागि समय लिन सक्नुहुन्छ । आपतकालीन अवस्थामा डाक्टरसँग तुरुन्त भिडिओ परामर्श गरी स्वास्थ जाँच गर्नसमेत सकिन्छ ।

त्यस्तै आफूले चाहेको अस्पतालमा गई उपचार गराउन लिनुपर्ने अप्पोइन्मेन्ट बुक गर्न सकिनुका साथै आफ्नो डाक्टरसँग भिडिओ परामर्श गरेर फलोअप स्वास्थ जाँच गर्न सकिन्छ ।

एपबाटै ल्याब रिपोर्ट र औषधि प्रयोग गर्ने विवरण सजिलै प्राप्त गर्न सकिन्छ ।

सेवा कसरी लिने ?

बिरामीहरुले आफूसँग रहेका मोबाइल अथवा ल्यापटप मार्फत आफूले अनलाइन भिडिओ परामर्श लिन चाहेको डाक्टरको समय कुनै पनि समय र स्थानबाट लिन सक्नेछन् ।

यदि एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने गुगल प्ले स्टोरमा गएर सजिलै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहाेस् ।

यदि तपाइँ आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने एप्पल स्टोरमा गएर ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहाेस् ।

यदि तपाई ल्यापटप वा डेस्कटपबाट यो सेवा लिन चाहनुहुन्छ भने मेराे डाक्टर डटकममा भिजिट गर्नुहा्ेस् । यदि माथि उल्लेखित कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधा तपाईंसँग उपलब्ध भएनन् भने आफूलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवा लिन सक्नुहुनेछ ।

मेरो डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा यो लिंक merodoctor.com/help ले तपाईंलाई थप मद्दत गर्नेछ । सेवाग्राहीकाे सजिलाेका लागि यो लिंकमा भिडियो म्यानुअल राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३