close

फेसबुकमा जस्तै अब ट्वीटरमा पनि इमोजी

टेकपाना टेकपाना

जेठ १५, २०७८ १०:५६

फेसबुकमा जस्तै अब ट्वीटरमा पनि इमोजी

काठमाडौं । हाल ट्वीटरका ट्वीटमा तपाईंले लाइक र रिट्वीट गर्नेमात्रै अप्सन देख्नुहुन्छ । तर, अब भने चाँडै फेसबुकमा जस्तै विभिन्न रियाक्सन गर्ने विकल्प उपलब्ध हुने भएको छ । त्यसका लागि हाल ट्वीटरले काम गरिरहेको जनाइएको छ ।

रिसर्चर जेन म्यान्चु वाङले सार्वजनिक गरेको जानकारीअनुसार हाल ट्वीटर ‘लाइक’, ‘चियर्स’, ‘उम’, ‘स्याड’ र ‘हाहा’ रियाक्सन उपलब्ध गराउने तयारी गरिरहेको छ । जुन पूर्णरुपमा इमोजी जस्तै रहेका छन् । तर, ट्वीटरले भने ‘चियर्स’ र ‘स्याड’ इमोजीको लागि भने हालसम्म निर्णय गरी नसकेको समेत उल्लेख गरिएको छ ।

वाङले सार्वजनिक गरेको स्क्रिनशट अनुसार ट्वीटरले विभिन्न रियाक्सन क्रमसः रुपमा उपलध गराउने छ । त्यसमध्ये ट्वीट कस्तो लाग्यो त्यो अनुसार रियाक्सन गर्न सकिने छ । भने, त्यसरी गरिएको रियाक्सन कति आयो भन्ने विषयको जानकारी समेत त्यहाँ देखिने जनाइएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३