close

जन्म, मृत्यु, विवाहसहितका व्यक्तिगत घटनाको अनलाइन दर्ता २० लाख नाघ्यो

टेकपाना टेकपाना

जेठ १५, २०७८ १३:१५

जन्म, मृत्यु, विवाहसहितका व्यक्तिगत घटनाको अनलाइन दर्ता २० लाख नाघ्यो

काठमाडौं । अनलाइनबाटै व्यक्तिगत घटना दर्ता गराउनेको संख्या २० लाख नाघेको छ । शनिबारसम्म अनलाइनबाटै जन्म मृत्यु विवाह सम्बन्ध विच्छेद र बसाईसराई दर्ता गराउनेको संख्या २० लाख ४ हजार ७५ पुगेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अनलाइनबाट सबैभन्दा बढी दर्ता हुने व्यक्तिगत घटनामा जन्म रहेको छ । शनिबारसम्म विद्युतीय प्रणाली मार्फत १० लाख ६७ हजार ७ सय ८८ वटा जन्म दर्ता अनलाइनबाट भएका छन् । 

त्यस्तै बसाईसराई दर्ता गराउनेको संख्या २ लाख ४० हजार ९ सय ७ रहेको छ भने ४ लाख १७ हजार ४०५ विवाह अनलाइनबाट दर्ता भएका छन् । यसैगरी १२ हजार ५ सय ८५ सम्बन्ध विच्छेदका व्यक्तिगत घटना दर्ता र २ लाख ६५ हजार ३ सय ३० मृत्यु दर्ताको अनलाइनबाटै  भएका छन् ।

अनलाइन सूचना प्रणालीबाट व्यक्तिगत घटना दर्ता गराउने वडा कार्यालयहरुको संख्या चार हजार ५९० पुगेको छ । आफ्नो वडामा अनलाइन घटना दर्ता सुविधा छ कि छैन थाहा पाउन यहाँ क्लिक गर्नुहोस् र उपलब्ध सूचीमा खोज्नुहोस् । यदि तपाईंको वडामा यो सुविधा उपलब्ध छ भने यहाँ क्लिक गरेर जन्म मृत्यु विवाह बसाईसराई जस्ता व्यक्तिगत घटना अनलाइनबाटै दर्ता गराउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३