close

स्नातक उत्तीर्ण युवाले ५ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण पाउने

टेकपाना टेकपाना

जेठ १५, २०७८ १९:१०

स्नातक उत्तीर्ण युवाले ५ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण पाउने

काठमाडाैं । सरकारले स्नातक उत्तीर्ण युवालाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ काे बजेट प्रस्तुत गर्दै स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई २५ लाख रूपैयाँसम्म ऋण उपलब्ध गराइने उल्लेख गरे ।

युवाले आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम ५ प्रतिशत व्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३