close

मंगलबारदेखि गुगल फोटोमा अनलिमिटेड स्टोरेज बन्द, तपाईंको गुगल अकाउन्टको स्टोरेज फुल छ कि ?

टेकपाना टेकपाना

जेठ १६, २०७८ १५:४६

मंगलबारदेखि गुगल फोटोमा अनलिमिटेड स्टोरेज बन्द, तपाईंको गुगल अकाउन्टको स्टोरेज फुल छ कि ?

काठमाडौं । आउँदो मंगलबारदेखि गुगल फोटोजबाट अनलिमिटेड स्टोरेजको सुविधा हट्दै छ । विश्वभर नै गुगल फोटोजका प्रयोगकर्ता छन् । गुगलको यो निर्णयले करोडौं प्रयोगकर्तालाई निराशा बनाउने छ । यद्यपि थप फिचरसहित गुगल फोटोजले प्रयोगकर्तालाई नयाँ स्वाद दिने प्रयास गरिरहेको छ ।

गुगलकाे अनलिमिटेड स्टाेरेज याेजना बन्द गर्ने निर्णयअन्तर्गत अब गुगल अकाउन्टमा १५ जीबीभन्दा बढी स्टाेरेजकाे सुविधा हुनेछैन । यसअघि गुगल फाेटाेजका लागि अनलिमिटेड स्टाेरेज सुविधा थियाे । अब गुगल फाेटाेजसँगै, जीमेल, गुगल ड्राइभ लगायतकाे स्टाेरेज १५ जीबीसम्मका लागि मात्र निःशुल्क उपलब्ध हुनेछ ।

थप स्पेसका लागि रकम तिर्नुपर्ने बनाइएकाे छ । मंगलबारदेखि हाई क्वालिटी तथा एक्सप्रेस क्वालिटीका सम्पूर्ण नयाँ फोटो तथा भिडियो ब्याकअपलाई गुगल अकाउन्टमै आउने फ्री १५ जीबी स्टोरेजमा गणना हुने गुगलले उल्लेख गरेको छ ।

यसपछि गुगल फाेटाेजमा निरन्तर फाेटाे र भिडियाे ब्याकअप राख्न पैसा तिर्नुपर्छ । १५ जीबीभन्दा बढी फाइल ब्याकअप राख्दै हुनुहुन्छ भने तपाईंले एक महिनाका लागि १.९९ डलर र एक वर्षका लागि १९.९९ डलर तिर्नुपर्ने हुन्छ ।

याे शुल्कमा तपाईंले १०० जीबीसम्म फाइल स्टाेर गर्न सक्नुहुन्छ ।

यदि गुगलको पिक्सेल फाेन चलाउनुहुन्छ भने तपाईं चैं भाग्यमानी बन्नुहुनेछ । किनकि पिक्सेल फाेन प्रयोगकर्ताले जून महिनापछि पनि निरन्तर अनलिमिटेड स्टोरेजको मज्जा लुट्न पाउनेछन् ।

गुगल फाेटाेजमा कति जीबी स्पेस बाँकी छ ?

तपाईंले कति स्टोरेज प्रयोग गर्नुभएको छ त वा कतै तपाईंको स्टोरेज भरिएर अपग्रेड गर्नुपर्ने समय पो भएको छ कि ? यी कुराहरु हेर्ने धेरै तरिकाहरु छन् । आज हामी यसबारे तपाईंलाई सिकाउने छौं ।

https://www.theverge.com/2019/3/19/18271015/google-drive-photos-storage-space-how-to-get-more

१. सबैभन्दा पहिले यस पेजमा जानुहोस् । त्यहाँ तपाईंले कति स्टोरेज प्रयोग गर्नु भएको छ र ती स्टोरेज गुगल ड्राइभ, जीमेल, गुगल फोटोज, र तपाईंको डिभाइस ब्याकअपमा कति खर्च भएको छ भन्ने कुरा स्पष्ट देख्न सक्नुहुन्छ । (नोटः तपाईंसँग भएको गुगल अकाउन्ट अनुसार यो पेजको आवरणमा फरक पर्न सक्छ ।)

२. गुगल ड्राइभ पेजमा गएर पनि कति स्टोरेज बाँकी छ भनेर तपाईंले हेर्न सक्नुहुन्छ । साथै बाँयातिरको कोलममा रहेको तल्लो भागमा देखिने स्टोरेज स्टाटिस्टिकमा पनि तपाईंले हेर्न सक्नुहुन्छ ।

३. गुगलले एउटा पेज पनि बनाएको छ, जसले तपाईंको हालको उपभोगिताको आधारमा तपाईंले कहिले स्टोरेज बढाउने भन्ने कुराको आँकलन गर्दछ ।

जून १ को समयसीमा कटिसकेपछि जब तपाईं आफ्नो लिमिट सकिने नजिक पुग्नुहुन्छ, तब गुगलले रिमाइण्डर पठाउने बताएको छ । साथै गुगलले ‘डार्क, ब्लरी र अनावश्यक सामग्री’ पहिचान गर्ने टुल पनि प्रदान गर्ने बताएको छ ।

भरिएकाे गुगल अकाउन्ट कसरी खाली गर्ने ?

भरिएकाे गुगल र जिमेल अकाउन्टको स्टोरेजलाई खाली बनाउने तरिका यस्ताे छ :

१. प्रयोग भएको स्टोरेजको ओभरभ्यू पाउनुहोस्

आफ्नो गुगल अकाउन्टको स्टोरेजलाई खाली गर्नुअघि स्टोरेज कसरी प्रयोग भइरहेको त्यो कुराको ओभरभ्यू (अवलोकन) गर्नुहोस् । कहिलेकाँही धेरै वर्षअघि अपलोड गरेका ठूला फाइल र गुगल फोटोजमा अपलोड गरेको तस्बिरहरुले पनि ती स्टोरेजमा ठाउँ ओगटेको हुनसक्छ ।

गुगल सर्भिस ड्राइभ, फोटो र फेमिली शेयरिङमा प्रयोग भएको स्टोरेजको ओभरभ्यू हेर्न गुगल वान पेजमा जानुहोस् ।

२. गुगल स्टोरेज म्यानेजरको प्रयोग

गुगलको आफ्नै स्टोरेज म्यानेजर पनि छ । जसले गुगल अकाउन्टको तपाईको स्टोरेजलाई खाली गरिदिन्छ । यो म्यानेजरले प्रयोगकर्तालाई जिमेलको इमेल, स्पाम इमेल तथा ठूला फाइलहरु हटाउन ओभरभ्यू गर्ने सुविधा दिन्छ ।

३. पुराना इमेलहरुलाई हटाउनुहोस्

यदि तपाईं इमेल लामो समयदेखि प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंको जिमेलमा ठूला अट्याचमेन्टसँग धेरै पुराना थोत्रा फोहोरहरु थुप्रेर बसेको होला । यस्ता फोहोरले तपाईंको जिमेलमा कति स्पेस खाइरहेको हुन्छ । यस्ता इमेलहरुलाई डिलिट गर्नुहोस् ।

तपाईले जिमेलको सर्चबक्समा ‘hasMattachment’ सर्च गरेर अट्याचमेन्टसहितको इमेल फिल्टर गर्नसक्नुहुन्छ र त्यहाँ भएङ्का पुराना इमेललाई डिलिट गर्न पनि । साथै तपाईले ‘largerM10mb’ सर्च गरेर भारी तथा ठूला इमेलहरु पनि हटाउन सक्नुहुन्छ । भारी इमेलहरु खोजेर डिलिट गर्ने यो छिटो र सजिलो तरिका हो ।

साथै तपाईले मेलस्टोर प्रयोग गरेर पनि आफ्नो जिमेल अकाउन्टबाट महत्वपूर्ण तथा पुराना इमेलहरु तान्न सक्नुहुन्छ । यो एउटा निःशुल्क इमेल आर्काइभ सफ्टवेयर हो । एकपटक ल्याइसकेपछि तपाईले आफ्नो पुरै अकाउन्टको पुराना मेलहरु डिलिट गर्नसक्नुहुन्छ ।

४. गुगल फोटोजमा भएका फोटोलाई कम्प्रेस गर्नुहोस्

यदि फोटोको ओरिजिनल क्वालिटीका लागि गुगल फोटोजमा ब्याकअप राख्नु भएको छ भने त्यसलाई हाई क्वालिटी मोडमा बदल्नुहोस् । यसले तपाईंको सबै पुराना फोटोहरुलाई कम्प्रेस गर्दछ । ता कि तपाईको फोटो १५ जीबी स्पेस कोटामा आँट्न सकोस् ।

तर यसले जेठ १८ देखि काम गर्ने छैन । किनभने हाई क्वालिटी अपलोड फोटो फिचर हुने छैन । यद्यपि आफ्नो फोटो राख्दा सधै कम्प्रेस गर्न नभुल्नुहोस् । तर एउटा राम्रो विकल्प के छ भने तपाईंले रिकोभर स्टोरेज अप्सन प्रयोग गरी आफ्नो फोटो तथा भिडियोलाई हाई–क्वालिटीमा कम्प्रेस गर्नसक्नुहुन्छ ।

५. गुगल बीन खाली गर्नुहोस्

तपाईंले आफ्नो जिमेल वा गुगल ड्राइभबाट कुनै फाइल लिलिट गरिसकेपछि ति फाइल बीन वा ट्र्यासमा गएर बसेका हुन्छन् । त्यसबाट पनि ति फाइल डिलिट गरेपछि मात्रै तपाईंको स्टोरेज खाली हुन्छ ।

५. ब्याकप र सिङ्क प्रयोग गर्न बन्द गर्नुहोस्

यदि तपाईंले गुगल ब्याकअप वा सिङ्क प्रयोग गरी आफ्नो गुगल ड्राइभमा फाइल ब्याकअप गर्नुहुन्छ भने यस्तो बानी रोक्नुहोस् । तपाईले यसको सट्टा ड्रपबक्स प्रयोग गर्नुहोस् ।

ब्याकअपका लागि तपाईले अर्को जिमेल पनि खोल्नसक्नुहुन्छ । यदि तपाईको पीसीमा धेरै ठूला फाइलहरु छन् भने यसले तपाईको प्रमुख गुगल अकाउन्टमा धेरै ठाउँ नलिएको ठिक हुन्छ ।

६. गुगल वान स्टोरेज खरिद गर्नुहोस्

यदि माथिका सबै विधिबाट पनि तपाईको स्टोरेज खाली हुन सकेन भने गुगल वान प्रयोग गरी एडिसनल स्टोरेज खरिद गर्नुहोस् । यसको मूल्य पनि निकै कम छ । गुगलले तपाईलाई सय जीबी स्टोरेजका लागि प्रति महिना १.९९ डलर चार्ज गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३