close

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि टेलिमेडिसिन सेन्टर सुरु, यसरी लिनुहोस् सेवा

टेकपाना टेकपाना

जेठ १६, २०७८ १९:४०

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि टेलिमेडिसिन सेन्टर सुरु, यसरी लिनुहोस् सेवा

काठमाडौं । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि टेलिमेडिसिन सेन्टर सुरु भएकाे छ । ‘सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं’ भन्ने अभियानमा नेपाल चेम्बर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट संयुक्त रुपमा याे पहल सुरू भएकाे हाे ।

अभियानअन्तर्गत ‘टेलिमेडिसिन सेन्टर अन कोभिड १९’ आइतबारदेखि सञ्चालनमा आएको छ । टेलिमेडिसिन सेन्टरका लागि नेपाल चेम्बर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीबाट संयुक्त रुपमा उक्त केन्द्रको शुभारम्भ गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिहरुले विदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुँदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गर्दै यस कार्यमा मुख्य प्रायोजन गर्न पाउँदा खुशी लागेको बताए ।

यस केन्द्र सञ्चालनका लागि साल्ट ट्रेडिङ्ग कर्पोरेशन तथा इश्वरलाल प्रतिष्ठानको पनि सहप्रायोजना रहेको छ भने मेराे डाक्टरकाे प्राविधिक सहकार्य रहेकाे छ ।

यस टेलिमेडिसिन सेवा लिन इच्छुक व्यक्तिहरुले मेरो डाक्टर एप डाउनलाेड गर्नुपनर्ने हुन्छ । याे एप कसरी प्रयोग गर्ने सम्वन्धमा याे लिंकमा गई आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३