close

एन्ड्रोइडमा यसरी प्रयोग गर्नुहोस् गुगल क्रोमको ‘ट्याब ग्रुपिङ’ फिचर

टेकपाना टेकपाना

जेठ १७, २०७८ १८:५७

एन्ड्रोइडमा यसरी प्रयोग गर्नुहोस् गुगल क्रोमको  ‘ट्याब ग्रुपिङ’ फिचर

काठमाडौं । गुगलले केही समयअघि एन्ड्रोइडका लागि क्रोमको नयाँ अपडेट उपलब्ध गराएको छ । योसँगै अब तपाईंले एन्ड्रोइडमा गुगल क्रोम प्रयोग गर्दा खोलिने ट्याब यसअघि जस्तो एकमाथि अर्को खप्टिएर बस्ने छैन ।

यसको अर्थ अब तपाईंले गुगल क्रोमा खोल्नुभएको ट्याब एउटै पेजमा बक्सको रुपमा देखिनेछ । यसका साथै उक्त ट्याबलाई एकैपटक खोल्न मिल्ने गरी ट्याबहरुलाई ग्रुप गर्न सकिने भएको छ । ट्याब ग्रुप क्रोम डेस्कटपमा उपलब्ध फिचरमध्ये एक लोकप्रिय फिचर हो ।

उक्त फिचरलाई कम्पनीले अब एन्ड्रोइड प्रयोगकर्तामाझ पनि उपलब्ध गराएको हो । याे फिचर प्रयोगका लागि तपाईंले केही प्रक्रिया अपनाउनुपर्ने हुन्छ । जसको जानकारी यहाँ हामी तपाईंहरुलाई दिँदै छौं ।

बक्स आकारमा ट्याब देखाउने फिचर कसरी प्राप्त गर्ने

यदी तपाईं गुगल क्रोमको प्रयोगकर्ता हो भने ट्याबको नयाँ लेआउट स्वत लागू भइसकेको छ । यदि छैन भने पनि तपाईंले गुगल क्रोम अपडेट गरेसँगै उक्त फिचर प्राप्त गर्न सक्नुहुनेछ ।

यदि गुगल क्रोम अपडेट गर्दा पनि यो फिचर उपालब्ध नभएको खण्डमा तपाईंले म्यानुअल रुपमा पनि यसलाई इनेबल गर्न सक्नुहुनेछ । त्यसका लागि ब्राउजरको सर्च बारमा गएर ‘chrome://flags/#enable-tab-grid-layout’ टाइप गरी सर्च गर्दा हुनेछ ।

यसरी सर्च गरी सकेर तपाईंले दुईपटक क्रोम ब्राउजर भने खोल्दै बन्द गर्दै गर्नुपर्ने हुन्छ । दुई पटक यति गरिसक्दा तपाईंको एन्ड्रोइड फोनमा यो फिचर उपलब्ध हुनेछ ।

ट्याबलाई ग्रुप कसरी बनाउने

जब तपाईंले ट्याबको नयाँ लेआउट प्राप्त गर्नुहुनेछ, तब तपाईंले ट्याबलाई सहजै ग्रुप गर्न सक्नुहुनेछ । त्यसका लागि सुरुमा ट्याबहरु भएको ठाउँमा क्लिक गर्नु पर्नेहुन्छ ।

अनि त्यहाँ देखिने ट्याबहरुलाई ड्याग एण्ड ड्रपको अर्थात तान्दै अर्को ट्याबमाथि छाड्दै गर्नुपर्छ । आवश्यक सबै ट्याबलाई एउटै ट्याबमा ग्रुप गरिसकेपछि जुन ट्याबमा लगेर ग्रुप गरिएको हो, उक्त ट्याब खोल्दा अब ब्राउजरको पुछारमा तपाईंले गोलो आकारको अप्सन देख्नुहुनेछ ।

उक्त गोलो आकारको अप्सन अघि तपाईंले ग्रुप बनाएको ट्याबको हो । अब तपाईंले उक्त गोलो आकारमा क्लिक गरेकै भरमा तपाईं अर्को ट्याबमा सहजै पुग्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३