close

जेफ बेजोस, एलन मस्क र बिल गेट्सलाई पछि पार्दै बर्नाड बने सबैभन्दा धनी व्यक्ति

टेकपाना टेकपाना

जेठ १८, २०७८ ७:३४

जेफ बेजोस, एलन मस्क र बिल गेट्सलाई पछि पार्दै बर्नाड बने सबैभन्दा धनी व्यक्ति

काठमाडौं । विश्वको सबैभन्दा धनी व्यक्तिको ताज जेफ बेजोसबाट खोसिएको छ । अब फ्रान्सका ब्याबसायी बर्नार्ड अरनल्टको साथमा विश्वमा सबैभन्दा बढी सम्पत्ति छ । फोर्ब्सको रियलटाइम बिलिनियर्स इन्डेक्स अनुसार मे ३१ तारिखका दिन बर्नार्डसँग १९१.१ अर्ब डलर सम्पत्ति छ ।

जब कि ईकमर्स कम्पनी अमेजनका मालिक जेफ बेजोसको कूल सम्पत्ति १८७ अर्ब अमेरिकी डलर छ । बर्नार्ड अर्नल्ट लग्जरी सामान बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी एलभीएमएच (मोटे हेनेसी लुइस भिट्टन) का अध्यक्ष हुन् ।

लुइस भिट्टनसँगै उनीसँग सेफोरा जस्ता ७० अन्य ब्राण्ड समेत छन् । अर्बपतिको सूचकाङ्कमा सबैभन्दा धनीको रुपमा सूचीकृत हुनेमा बर्नार्ड र जेफ बेजोसपछि क्रमशः टेस्लाका सीईओ एलन मस्क र माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन् ।

जो पटक पटक विश्वको नम्बर वान धनाढ्यको रुपमा रहिसकेका छन् । व्यावसायीहरुको कूल सम्पत्ति बढ्नुमा सबैभन्दा ठूलो कारण कम्पनीको शेयर मूल्यमा भएको भारी बृद्धि हो । किन कि कम्पनीमा उनीहरुको ठूलो हिस्सेदारी हुने गर्दछ ।

यस्तोमा जब शेयर बजारमा कम्पनीको शेयर मूल्य बढ्न पुग्छ, त्यससँगै कूल सम्पत्ति समेत छिटो छिटो उकालो लाग्ने गर्दछ । यदि एलभीएमएचको शेयरलाई हेर्ने हो भने कम्पनीको एउटा शेयरको मूल्य मार्च २०२० मा ३४० युरोको आसपास रहेकोमा २०२१ को मे महिनासम्म आइपुग्दा बढेर करिब ६४८ युरो नजिक पुगेको छ ।

यसको अर्थ एक वर्षकै अवधिमा कम्पनीको शेयर मूल्य झण्डै दोब्बर भएको छ । शेयर मूल्यमा भएको भारी बृद्धिसँगै सन् २०२० मा ७६ अर्ब डलर रहेको उनको सम्पत्ति बढेर १९१.१ अर्ब डलर पुगेको हो । अर्थात १३ महिनाको अवधिमा उनको कूल सम्पत्ति १५० प्रतिशतले बृद्धि भएको छ ।

रोचक कुरा त के छ भने विश्वकै सबैभन्दा धनी व्यक्तिको रुपमा सूचीकृत हुन सफल बर्नार्डलाई देश निकाला समेत गरिएको थियो । यो सन् १९८१ को घटना हो ।

जतिखेर फ्रेन्च सोसलिस्ट पार्टी सत्तामा पुगेको थियो । त्यसताका बर्नार्डले देश बाहिर अमेरिकामा समय विताएका थिए र ३ वर्षपछि अवस्था सुध्रिएपछि आफ्नो देश फर्किएका थिए ।

उनी ग्र्याजुएसन पुरा गरेपछि सन् १९७१ मा आफ्ना बुबाको सिभिल इन्जिनियरिङ कम्पनीको कामकाज हेर्न थाले । जसलाई उनले सन् १९७६ मा एउटा रियल स्टेट कम्पनीमा बदलिदिए ।

तर अमेरिकाबाट फर्केपछि बर्नार्डले सन् १९८४ मा उनले महंगा र बिलासीताका सामान र कपडाको कारोबारमा हात हाले । त्यससँगै लग्जरी सामान बनाउने फ्रेन्च कम्पनी फायनेन्सियरे अगाचे र बोसेक सेन्ट फरेरेस अधिग्रहण गरे । अन्ततः सन् १९८७ मा नयाँ कम्पनी एलभीएमएचको स्थापना गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३