close

क्रोमको एन्ड्रोइड भर्सनमा नयाँ फिचर, अब सहज रुपमा स्क्रिनशट लिन सकिने

टेकपाना टेकपाना

जेठ १८, २०७८ १३:१०

क्रोमको एन्ड्रोइड भर्सनमा नयाँ फिचर, अब सहज रुपमा स्क्रिनशट लिन सकिने

काठमाडौं । गुगल क्रोमको एन्ड्रोइड भसर्नमा नयाँ फिचर उपलब्ध भएको छ । जसले प्रयोगकर्तालाई अब सहज रुपमा स्क्रिनशट लिन मद्दत गर्ने जनाइएको छ ।

गुगलले एन्ड्रोइडमा क्रोमको नयाँ भर्सन ९१ सार्वजनिक गर्दै त्यसमा नयाँ फिचर उपलब्ध गराएको हो । यो फिचर सहितको नयाँ भसर्न प्रयोगकर्ताका लागि केही हप्तापछि मात्रै उपलब्ध हुने जनाइएको छ ।

जसमा स्क्रिनशट टुलका साथै शेयर मेन्यु लगाएको नयाँ फिचर थप भएको छ । जसको मद्दतले अब तपाईंले मोबाइलमा खोल्नुभएको कुनै पनि पेजको पुरा स्क्रिनशट लिन सकिने छ । त्यो पनि लिंक शेयर गरेको शैलिमा सहजै स्क्रिनशट लिन सकिने छ ।

त्यसरी लिइएको स्क्रिनशटलाई क्रप गर्न, त्यसमा विभिन्न चित्र बनाउन, लेख्न लगाएको काम गर्न सकिने छ । त्यसरी लिइएको स्क्रिनशट प्रयोगकर्ताले सहजै शेयर गर्न तथा डिभाइसमा सेभ गरी राख्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३