close

एनआईसी एसिया बैंकका खाता अब कनेक्ट आईपीएसमार्फत सेल्फ भेरीफाई गर्न सकिने

टेकपाना टेकपाना

जेठ १८, २०७८ १५:१

एनआईसी एसिया बैंकका खाता अब कनेक्ट आईपीएसमार्फत सेल्फ भेरीफाई गर्न सकिने

काठमाडाैं । अब एनआईसी एसिया बैंकको आफ्नो खाता कनेक्ट आईपीएसमा अनलाइन लिंक गरी सेल्फ भेरिफिकेशन गर्न सकिने भएकाे छ । यो नयाँ सुविधा अनुसार कनेक्ट आईपीएसमा आफ्नो खाता आवद्ध गराउन बैंकमै पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

कोभिड १९ को महामारीको समयमा बैंकसम्म गएर खाता भेरिफाई गराउन सम्भव नहुने देखिएपछि अहिले ग्राहक आफैंले आफ्नो बैंकखाता भेरिफाइ गरी लिङ्क गराउन सक्ने सुविधा ल्याइएको हो । जसमार्फत दैनिक २ लाख रुपैयाँ र मासिक १० लाखसम्मको कारोबार अनलाइनबाटै गर्न सकिने जनाइएकाे छ ।

कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमा फर्म बुझाएर एक पटक भेरिफाई गराउनुपर्ने हुन्छ ।

यसरी अनलाइनबाट सेल्फ भेरिफाइ गर्ने सुविधा हाल १७ वाणिज्य बैंकहरु, ६ विकास बैंकहरु र १ फाइनान्स कम्पनीमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तिय संस्थाहरुमा पनि आवश्यक पहल भइरहेको छ । कनेक्ट आईपीएसमा हाल ५४ बैंक वित्तिय संस्था सदस्य रहेका छन् ।

सेल्फ भेरिफाई कसरी गर्ने ?

१. कनेक्ट आईपीएसमा Link Account अप्सनभित्र आवश्यक विवरण दखिला गरी खाता लिंक गर्ने
२. Manage Account भित्र लिंक गरिएको खातामा “Self-Verify Account”मा क्लिक गर्ने
३. रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त OTP (One-Time Password) दखिला गर्ने
४. अनलाइन लिंक गर्न खोजिएको खातामा जम्मा भएको दुइवटा सानो रकम (Micro Deposit) दाखिला गरी प्रकृया पूरा गर्ने
५. अब लिंक गरिएको खातामार्फत मोबाइल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ ।

अनलाइनबाट सेल्फ भेरिफिकेशन प्रकृयाको लागि भने ग्राहकले कनेक्ट आईपीएसमा रजिष्टर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर भने एउटै हुनुपर्ने हुन्छ । सेल्फ भेरिफाइ गरिएका खाताको कारोबार सीमा बैंकबाटै तोकिने हुँदा विभिन्न बैंक वित्तीय संस्थाले उपलब्ध गराएको सीमा फरक हुन सक्दछ ।

सेल्फ भेरिफिकेसन प्रक्रियालाई यसरी सुरक्षित बनाउनुहाेस् 

१. बैंकमा सेवाग्राही विवरण भएको हुनुपर्दछ । 

२. वान टाइम पासवर्ड पाउनका लागि दर्ता गरिने मोबाइल नम्बर एउटै हुनुपर्छ । अर्थात् बैंक र कनेक्ट आइपीएसको नम्बर मिल्नुपर्दछ । 

३. प्रयोगकर्ताको लिंक बैंक अकाउन्टमा रहेको दुई माइक्रो डिपोजिटलाई कन्फर्म गर्नुपर्छ जुन तीन दिनसम्म भ्यालिड हुन्छ । (माइक्रो डिपोजिट भनेको एउटा फ्राक्सनल रेन्डम अमाउन्ट हो जुन प्रयोगकर्ताको बैंक अकाउन्टमा ट्रान्सफर भएको हुन्छ ।)

बैंक अकाउन्टलाई लिंक गर्ने र सेल्फ भेरिफिकेसन गर्ने काम भिन्नभिन्नै गर्न सकिन्छ । अकाउन्टलाई लिंक गरिसकेपछि तपाईंले ड्यासबोर्डमा म्यानेज अकाउन्टमा जान सक्नुहुन्छ ।

त्यसपछि रिक्वेस्ट अकाउन्टमा डबल क्लिक गर्नुहोस् र ‘सेल्फ भेरिफाई’ अप्सनमा क्लिक गरी सेल्फ भेरिफिकेसन प्रक्रियालाई सुरु गर्नुहोस् । 

कनेक्ट आईपीएस र बैंकमा दर्ता भएको नम्बर फरक परे के गर्ने ?

फोन नम्बर फरक भयो भने सेल्फ भेरिफिकेसन प्रक्रियालाई सम्पन्न गर्न सकिन्न । यस्तो बेला तपाईंले कनेक्ट आईपीएसमा आफ्नो मोबाइल नम्बर परिवर्तन गर्नसक्नुहुन्छ । यसका लागि ‘इडिट प्रोफाइल’ मा जानुहोस् र त्यसपछि ‘चेन्ज मोबाइल नम्बर’ मा गएर माेबाइल नम्बर परिवर्तन गर्न सक्नुहुन्छ ।

यदि तपाईंको मोबाइल नम्बर बैंकमा दर्ता भएको छैन वा एक्टिभ भएको छैन भने बैंकलाई फोन नम्बर अपडेट गर्न रिक्वेस्ट पठाउन सक्नुहुन्छ । 

माइक्रो डिपोजिट अमाउन्टलाई कसरी र कहाँ चेक गर्ने ?

माइक्रो डिपोजिट एउटा फ्राक्सनल रेन्डम अमाउन्ट हो । यसलाई सिस्टमबाटै प्रयोगकर्ताको बैंक अकाउन्टमा सेल्फ भेरिफिकेसनका लागि प्रयोगकर्तालाई प्रमाणित गर्न र ट्रान्सफर गर्न सकिन्छ ।

प्रयोगकर्ताले त्यस्तो रकमलाई आफ्नो अकाउन्ट स्टेटमेन्टबाट चेक गर्न सक्छन् । यसका लागि प्रयोगकर्ताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएमबाट मिनि स्टेटमेन्ट जस्ता माध्यमबाट चेक गर्न सक्छन् । 

माइक्रो डिपोजिटको मान्य अवधि

माइक्रो डिपोजिट ३ दिनसम्मका लागि भ्यालिड हुन्छ । रिसिभ भएको सिक्वेन्समा माइक्रो डिपोजिटलाई इन्टर गर्नुपर्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३