close

पाइथन सिक्न चाहनेका लागि अनलाइनमा निःशुल्क तालिम सञ्चालन हुँदै

टेकपाना टेकपाना

जेठ १८, २०७८ १६:४२

पाइथन सिक्न चाहनेका लागि अनलाइनमा निःशुल्क तालिम सञ्चालन हुँदै

काठमाडाैं । कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्वका साथ फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजीले निःशुल्क रुपमा पाइथन प्रोग्रामिङ सञ्चालन गर्ने भएको छ ।

आउँदो २५ जेठदेखि २९ गतेसम्म याे अनलाइन कक्षा सञ्चालन हुन्छ । यसअन्तर्गत दैनिक ९० मिनेटको सेसनको दरले कुल ७ घण्टा कक्षा सञ्चालन हुनेछ ।

निःशुल्क अनलाइन कक्षामा पाइथन प्रोग्रामिङ अवसर र करियरको विषयमा व्यापक चर्चा हुने जनाइएकाे छ । विशेषगरी पाइथनको फण्डामेन्टल्स, फ्रेमवर्क, स्कोप, एप्रोच लगायतका विभिन्न विषयमा केन्द्रित रहेर तालिम सञ्चालन हुनेछ ।

साथै पाइथनबाट बनेका विभिन्न प्रोजेक्टहरु बारेमा पनि जानकारी दिइनेछ । निःशुल्क कक्षामा सहभागी हुन यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३