close

आईफोनमा पनि टेलिकमको भीओएलटीई सेवा सुरु

टेकपाना टेकपाना

जेठ १८, २०७८ २०:३०

आईफोनमा पनि टेलिकमको भीओएलटीई सेवा सुरु

काठमाडाैं । नेपाल टेलिकमको भीओएलटीई सेवा अब आईफोनमा पनि उपलब्ध भएकाे छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले आईफोनमा पनि यस्ताे सचारू गरिएकाे जानकारी दिएका छन् ।

अन्य ब्राण्डका सेटहरुमा भीओएलटीई चल्ने भएपनि आईफोनमा भने एसएमएसको समस्या आएको थियो । एप्पलको कमर्सियल टिमले रेस्पोन्स नगरेपछि टेलिकमले सोझै एप्पलका सीईओ टिम कुकलाई ईमेल लेखेको थियो ।

सोही ईमेलको जवाफ दिँदै टिमकुकले समस्या समाधानका लागि विज्ञ टोलीलाई जिम्मा दिएको जानकारी गराएका थिए ।

यसअघि नेपालमा पहिलोपटक फोरजी सेवा सार्वजनिक गर्दासमेत आईफोनमा यस्तै समस्या देखिएको थियो । पछि एप्पलले प्याच पठाएर उक्त समस्याको समाधान गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३