close

आईओईमा सुरु भयो अमेजन वेब सर्भिसेस एकेडेमी

टेकपाना टेकपाना

जेठ १९, २०७८ ७:३१

आईओईमा सुरु भयो अमेजन वेब सर्भिसेस एकेडेमी

काठमाडौं । त्रिभुवन विश्व विद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पुल्चोक क्याम्पसमा अमेजन वेब सर्भिसेज (एडब्लूएस) एकेडेमीको सुरु भएको छ । यूकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप) र जेनेस सोलुसनले संयुक्त रुपमा यसलाई सञ्चालनमा ल्याएका हुन् ।

नेपालमा पहिलोपटक सुरुवात भएको एडब्लू एकेडेमीले हजारौं विद्यार्थीलाई क्लाउड कम्प्युटिङको सीप विकास तथा शर्टिफिकेसनको अवसर प्रदान गर्नेछ । सन् २०१९ देखि बजारमा आधारित उपाय उपयोग गरी यूकेएडले निजी तथा सार्वजनिक क्षेत्रसँग रूपान्तरणकारी साझेदारीमा सहजीकरण गरिरहेको छ ।

यसले प्राथमिकता तोकिएका क्षेत्रमा रोजगारी तथा उद्यमशील अवसरहरूको वृद्धि गर्न जिनिस सोलुसन लगायतकासँग काम गरिरहेको छ ।भर्चुअल माध्यमबाट सुरुवात गरिएको एकेडेमीमा इन्जिनियरिङ प्रतिष्ठान, यूकेएड सीप तथा जेनेस सोलुसनका प्रतिनिधि सहभागी थिए ।

यूके एडका टिम लिडर बलजित भोराले यो साझेदारीले आर्टिफिसियल इन्टेलिजेन्स्, क्लाउड कम्प्युटिङ, ई-मोबिलिटी सोलुसनलाई एकीकृत गर्ने स्थानीय क्षमता अभिवृद्धि गरी विभिन्न उद्योगहरूमा उत्पादकत्व वृद्धि तथा नयाँ रोजगारीका अवसर सिर्जना गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

यूकेएड सीपको सहयोगमा जिनिस सोलुसनले सीप विकासको पहलको नेतृत्व गर्दै आएको छ । जसलाई शिक्षकहरूको थप क्षमता विस्तार गर्न तथा विद्यार्थीहरूको रोजगारी पाउने योग्यतालाई वृद्धि गर्ने अपेक्षा गरिएको छ । यूकेएड सीप र जेनेसको साझेदारीले नेपालभरका ५० कलेजहरूको क्षमतामा सुदृढीकरण भएको बताइएको छ । जसबाट २१०० भन्दा बढी विद्यार्थीहरूलाई भविष्यमा पनि रोजगारी पाउने सीपको विकास भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३