close

अन्तरिक्षमा चीन यसरी बनाउँदैछ ‘स्पेस स्टेसन’

टेकपाना टेकपाना

जेठ १९, २०७८ १७:२८

अन्तरिक्षमा चीन यसरी बनाउँदैछ ‘स्पेस स्टेसन’

काठमाडौं । चीनले भनेको छ कि अर्को महिना (जुन) मा तीन जना अन्तरिक्ष यात्रीहरुलाई आफ्नो निर्माणाधीन अन्तरिक्ष केन्द्र (स्पेस स्टेसन) मा पठाउँनेछ, जो त्यहाँ तीन महिनासम्म रहनेछन् । चीनले आफ्नो एक कार्गो स्पेस क्राफ्ट अन्तरिक्ष स्टेसनमा पुगेको एक दिनपछि यो घोषणा गरेको हो ।

चिनियाँ स्पेस एजेन्सीका अनुसार शनिबार सामान र उपकरण बोकेको मालवाहक अन्तरिक्षयान तियाञ्जु-२ अन्तरिक्ष स्टेसनका लागि उडेको थियो । जुन स्टेसनको मुख्य मोड्युल तियान्हेमा जोडिइसकेको छ । तियान्हे मोड्युलमा अन्तरिक्ष स्टेसनमा काम गर्ने यात्रुहरुको बस्ने क्वार्टर बनाइएको छ ।

चीनको मानव मिसनसँग सम्बन्धित एक विभागका निर्देशक तथा देशको पहिलो अन्तरिक्ष यात्री याङ्ग लिवेईले चीनको अर्को प्रमुख मिसनको बारेमा जानकारी दिएका हुन् । १५ अक्टुबर २००३ अन्तरिक्षमा पुगेर चीनको इतिहास बनाएका याङ्गले तीनै अन्तरिक्ष यात्री जुनमा सेञ्जु-१२ अन्तरिक्ष यानमार्फत यात्राका लागि तयारी गरिरहेको बताएका छन् ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार यी अन्तरिक्ष यात्री तीन महीनासम्म लागि अन्तरिक्ष केन्द्रमा रहनेछन् । त्यस दौरान त्यहाँ मर्मत सम्भारका साथै वैज्ञानिक कार्य समेत गर्नेछन् ।

२९ अप्रिलमा उड्नु अघि स्पेस स्टेसनको मोड्युल बोकेको लङ्ग मार्च ५ बी वाई २ रकेट

प्रतिवेदनमा भनिएको छ कि यी यात्री अहिले लेभस-२ क्वारेन्टिनमा छन् र मिसनसँग सम्बन्धित कामलाई अन्तिम रुप दिन थालिएको छ । याङ्ग लिवेईले यो मिसनमा कुनै पनि महिला यात्री नरहने बताएका छन् । यद्यपी यसपछिका अभियानमा उनीहरुलाई समेत सहभागी गराइनेछ ।

चीनको स्पेस स्टेसन

आफ्नो अन्तरिक्ष स्टेसन निर्माण गर्न चीनले सन् २०२१ देखि २०२२ को बीचमा ११ पटक अन्तरिक्ष यानहरू पठाउने योजना बनाएको छ । जसमा दुईवटा अभियान पुरा भइसकेका छन् । गत शनिवार उसले तियाञ्जु-२ कार्गो यान पठाएको थियो ।

चिनियाँ एजेन्सीका अनुसार ११ मध्ये यानमार्फत तीन पटकमा स्टेसन मोड्युल, चार पटकमा कार्गो र चार पटकमा अन्तरिक्ष यात्री स्टेसनतर्फ जानेछन् । चीन आउँदो २०२२ सम्ममा १० वटा त्यस्तै प्रकारका मोड्युल लञ्च गर्न चाहन्छ । जसले पृथ्वीको परिक्रमा गर्नेछन् ।

पहिलो चरणमा २९ अप्रिल चीनले यस स्टेसनको एक महत्वपूर्ण मोड्युल पठाएको थियो । तियान्हे मोड्युलमा अन्तरिक्ष केन्द्रमा काम गर्ने यात्री बस्ने क्वार्टर बनाइएको छ । याङ्ग लिवेईले बताए अनुसार यी क्याबिनहरूमा बस्ने अन्तरिक्ष यात्रीहरूले बाहिर निस्केर कयौं काम गर्नेछन् ।

उनले भनेका छन्, ‘आगामी दिनमा अन्तरिक्ष यात्रीहरूलाई क्याबिनबाट बाहिर निस्किनु एउटा नियमित चिज हुनेछ र यसरी काम गर्ने अवधि समेत बढ्दै जानेछ ।’ चीनको अन्तरिक्ष स्टेसनलाई पुरानो भइसकेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

३४० देखि ४५० किलोमिटर उचाईमा रहेको पृथ्वीको कक्षमा परिक्रमा गर्ने आफ्नो नयाँ स्पेस स्टेसन २०२२ सम्म तयार हुने चीनको आशा छ ।हाल अन्तरिक्षमा पृथ्वीको कक्ष अर्थात अर्बिटमा केवल एउटा मात्र अन्तरिक्ष स्टेसन रहेको छ । जसलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र नाम दिइएको छ र यसमा चीनलाई समावेश गरिएको छैन ।

चीन यसरी बन्दैछ अन्तरिक्षको ठूलो शक्ति

अन्तरिक्ष विज्ञानको क्षेत्रमा प्रमुख शक्ति बन्दै गएको चीनले गत वर्ष मंगल ग्रह अभियान सुरू गरेको थियो । चीनको एक रोभरले अहिले मंगल ग्रहको बारेमा जानकारी संकलन गरिरहेको छ ।

चीनले अन्तरिक्ष विज्ञानको क्षेत्रमा चीनको सुरुवात ढिलो गरी भयो । उसले पहिलो पटक सन् २००३ मा आफ्नो अन्तरिक्ष यात्रीलाई अर्बिटमा पठाएको थियो । सोभियत संघ र अमेरिका पछि यस किसिमको उपलब्धि हाँसिल गर्ने चीन तेस्रो देश हो ।

हालसम्म चीनले दुई वटा अन्तरिक्ष केन्द्र तियागान्ग-२ अर्बिटमा पठाइसकेको छ । जे होस्, ती दुवै परीक्षण स्टेसन थिए । जुन केही समयसम्म मात्र कक्षमा रहन सक्थे । तर तियान्हेले भने कम्तिमा १० वर्षसम्म पृथ्वीको कक्षमा काम जारी राख्नेछ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले सन् २०२४ मा काम गर्न बन्द गर्नेछ । यस्तोमा त्यसताका चीनको तियान्हे पृथ्वीको कक्षमा रहने सायद एक्लो स्पेस स्टेसन हुनेछ ।

बीबीसीबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३