close

आईफोनका कुन कुन मोडेलमा चल्छ, टेलिकमको भीओएलटीई ?

टेकपाना टेकपाना

जेठ १९, २०७८ १८:५१

आईफोनका कुन कुन मोडेलमा चल्छ, टेलिकमको भीओएलटीई ?

काठमाडौं । मंगलबारदेखि आईफोनमा समेत नेपाल टेलिकमको भीओएलटीई सेवा चल्न थालेको छ । हालै मात्र नेपालमै पहिलो पटक टेलिकमले सुरु गरेको भीओएलटीई सेवा एन्ड्रोइडका केही मोडेलमा मात्र चल्ने गरेको थियो ।

आईफोनमा भने भीओएलटीई चलाउँदा एसएमएस डेलिभरी नहुने समस्या देखिएपछि कम्पनीले आईफोन निर्माता एप्पलसँग समाधानका लागि सम्पर्क राखेको थियो । उक्त समस्या समाधान भएसँगै टेलिकमले आईफोनका लागि समेत भीओएलटीई सेवा सुरु गरु गरेको हो ।

कम्पनीका अनुसार आईफोन सिक्स यताका प्रायः टेलिकमको भीओएलटीई सेवा प्रयोग गर्न सकिन्छ । तर यदि तपाईंले प्रयोग गरिरहेको आईफोन चीन, जापान वा अमेरिकाका लागि मात्रै बनाइएको सेट हो भने यो सेवा चल्ने छैन ।

त्यस्तै जेलब्रेक गरेर चलाइरहेका आईफोनमा समेत टेलिकमको भीओएलटीई सेवाले सपोर्ट गर्दैन । कम्पनीका अनुसार आईफोनका ग्लोबल भर्सनका सेटहरुमा भने यो सेवा सजिलै प्रयोग गर्न सकिन्छ ।

चाइना वन्ली जापान वन्ली यूएसए अन्ली । ग्लोबल । कन्ट्री स्पेसिफिक मोडेलमा नहुन सक्छ । जापान जानेले ल्याएका हुन्छन् । कतिपय सेट जेलब्रेक गरेर चलाएको हुनसक्छ । कुनै कुनै सेटमा एप्पलले नपठाएको हुनसक्छ ।

हालका लागि आईफोनमा १८०० मेगाहर्ज ब्याण्डको फोरजी एलटीई मात्र सञ्चालनमा आएको हो । ८०० ब्याण्ड मेगाहर्जको भीओएलटीई अर्को अपडेटमा आउनसक्ने अपेक्षा गरिएको छ । 

 आईफोनमा कसरी प्रयोग गर्ने भीओएलटीई सेवा ?

सुरुमा आफ्नो आईफोनमा *444# डायल गर्नुहोस् र सिममा भीओएलटीई एक्टिभ गराउनुहोस् । अब फोनको सेटिङबाट सेलुलरहुँदै सेलुलर डेटा अप्सन>भ्वाइस एन्ड डेटा>सेलेक्ट एलटीईमा गएर त्यसको तल रहेको इनेबल भीओएलटीई अन गर्नुहोस् ।

यदि भीओएलटीई इनेबल गर्ने अप्सन छैन भने सोच्नुहोस्, तपाईंको आईफोनमा टेलिकमको भीओएलटीई सपोर्ट छैन । सम्भवतः आईओएसको अर्को अपडेटमा यसको समाधान आउनेछ । तर याद राख्नुहोस्, एन्ड्रोइडमा जस्तो आईफोनमा माथि भीओएलटीई लेखिएको देखिन्न, भीओएलटीई चलेको अवस्थामा समेत माथि तपाईंले फोरजीको संकेत मात्र देख्न सक्नुहुनेछ ।

अब १४४४ मा डायल गर्नुहोस् । यो नम्बरमा डायल गर्दा तपाईंको आईफोनमा भीओएलटीई चलेको छ कि छैन भनेर यकिन हुनेछ । यदि चल्छ भने प्राप्त निर्देशनअनुसार अंक १ थिच्नुहोस् र निःशुल्क १०० मिनेट भीओएलटीई कल सेवा प्राप्त गर्नुहोस् ।

आईफोनका यी सेटहरुमा चल्छ टेलिकमको भीओएलटीई

टेलिकमका अनुसार आईफोनका माथि उल्लेखित सबै मोडेलका कुनै न कुनै मोडेलमा भीओएलटीई चलेको छ । कन्ट्री स्पेसिफिक र जेलब्रेक गरिएका आईफोनमा भने भीओएलटीई नचलेको बताइएको छ । आईफोन सिक्स अघिको मोडेलमा भने भीओएलटीई सपोर्ट गर्ने प्रविधि हुँदैन ।

कन्ट्री स्पेसिफिक हो वा होइन भन्ने थाहा पाउन यहाँ क्लिक गरी सर्च बारमा गएर आईफोनको मोडेल खोज्नुहोस् र आफ्नो आईफोनको विवरण तुलना गरेर हेर्नुहोस् । नेपालमा खरिद गरिएका आईफोन कन्ट्री स्पेसिफिक नहुने भए पनि चीन, जापान र अमेरिकामा खरिद गरिएका सेटहरु भने कन्ट्री स्पेसिफिक हुने सम्भावना बढी हुन्छ ।

यदि तपाईंको आईफोन कन्ट्री स्पेसिफिक होइन, तर भीओएलटीई सपोर्ट गरिरहेको छैन भने आईओएसको अर्को अपडेटमा चल्ने आशा गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३