close

स्कुल लिडरका लागि कारखानाका संस्थापकको विशेष वेबिनार हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

जेठ २०, २०७८ १०:५५

स्कुल लिडरका लागि कारखानाका संस्थापकको विशेष वेबिनार हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडाैं । काेभिड १९ काे महामारीले गत वर्षदेखि नै शैक्षिक क्षेत्रमा कठिनाई एवं उतारचढाव निम्त्याएको छ। यस अप्ठ्यारो परिस्थितिका बीच कारखानाले एउटा विशेष वेबिनार आयोजना गर्न लागेको छ । कारखानाले शिक्षा क्षेत्रका विभिन्न बहुआयामिक विषयमा आधारित रहेर वेबिनार सञ्चालन गर्न लागेको हो ।

विश्वमा अभ्यास गरिँदै आएको मार्कर बेस्ड शिक्षा, स्टिम शिक्षा नीति र यसको दीर्घकालीन प्रभाव, अनुभव सिकाईका निम्ति तल्लो तहदेखि नै कार्यान्वयनको रणनीति, राष्ट्रिय र विश्वव्यापी पाठ्यक्रमबीच एक समान सन्तुल जस्ता विविध विषयमा आधारित रहेर वेबिनार सञ्चालन गरिने कारखानाले जनाएकाे छ ।

“आजका छुकछुके, भोलिका निर्माता’ शीर्षक रहेको वेबिनारमा कारखाना संस्थापक समूहबाट साकार पुडासैनी, पवित्रबहादुर गौतम, दिपेश्वर मान श्रेष्ठ र सुनोज दास श्रेष्ठको उपस्थितिमा शुक्रबार साँझ ४ बजे हुन गइरहेको वेविनारमा, काठमाडाैं उपत्यकालगायत एवं देशभरीका स्कुल लिडरहरूकाे सहभागिताका लागि अनुराेध गरिएकाे छ ।

कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३