close

डोनाल्ड ट्रम्पको व्यक्तिगत ब्लग सधैंका लागि बन्द

टेकपाना टेकपाना

जेठ २०, २०७८ १९:५७

डोनाल्ड ट्रम्पको व्यक्तिगत ब्लग सधैंका लागि बन्द

काठमाडौं । गत महिनामात्रै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सञ्चारमाध्यमको रुपमा नयाँ प्लेटफर्म सञ्चालनमा ल्याएका थिए । ट्वीटर, फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालले प्रतिबन्ध लगाएपछि आफ्नाबारे जानकारी दिन नयाँ माध्यमको रुपमा ‘फ्रम द डेस्क अफ डोनाल्ड जे. ट्रम्प’ बनाएका थिए ।

यसमार्फत उनलको आफ्ना भनाइ राख्ने, प्रेस रिलिज, भिडिओ सार्वजनिक गर्ने जनाइएको थियो । तर, अब याे प्लेटफर्म बन्द गरिएको छ । ट्रम्पका प्रमुख सहयोगी जासोन मिलरले यस विषयमा जानकारी दिएका हुन् ।

उक्त वेबसाइटलाई विशेषगरी ब्लगको रुपमा हेरिएको थियो । जसमा पोष्ट लाइक गर्ने, कमेन्ट गर्ने, फेसबुक तथा ट्वीटरमा शेयर गर्ने लगायतका सुविधा थियाे ।

यो विषयमा मिलरले डोनाल्ड ट्रम्प अबको दुई/तीन महिना पछिमात्रै फर्किने बताएका छन् । त्यसबेला फेसबुक तथा ट्वीटरले उनलाई प्रतिबन्धबाट फुकुवा गरेको खण्डमा सहज हुनेछ । भएन भने पनि उनी पुनः आफ्नै प्लेटफर्ममार्फत आउने मिलरले बताएका छन् ।

-बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३