close

११ हजार रुपैयाँमा ‘नोकिया सी २०’ सार्वजनिक, यस्ता छन् मुख्य फिचर

टेकपाना टेकपाना

जेठ २०, २०७८ १९:१६

११ हजार रुपैयाँमा ‘नोकिया सी २०’ सार्वजनिक, यस्ता छन् मुख्य फिचर

काठमाडौं । नोकिया सी २० नेपाली बजारमा सार्वजनिक भएको छ । एन्ड्रोइड ११ मा रन हुने यो फोनमा दुई वर्षको सेक्युरिटी अपडेट दिइएको छ । स्टनिङ नर्डिक डिजाइनबाट निर्मित फोन धेरैबेरसम्म टिक्ने र एक्सिडेन्ट प्रुफ रहेको कम्पनीले बताएको छ ।

प्यान एसिया एचएमडी ग्लोबलका प्रबन्धक रवि कुँवरले यो फोनमा २ वर्षको अपरेटिङ सिस्टम अपग्रेड्सको सुविधासहित अन्य आकर्षक फिचर रहेकाे बताए ।

५ मेगापिक्सेलको फ्रन्ट र रियर क्यामेराको साथ लो लाइटमा पनि प्रियजनहरुसँग अविष्मरणीय पलहरु कैद गर्न सकिने कम्पनीले जनाएको छ ।

६.५ इन्चको एचडी प्लस स्क्रिन र ३ हजार एमएएचकाे ब्याट्री याे फाेनकाे अर्काे विशेषता हाे ।

फोरजी कनेक्टिभिटी र अक्टाकोर प्रोसेसरकाे सुविधा दिइएकाे याे फाेन स्यान्ड र डार्क ब्लु रंगमा उपलब्ध छ । नेपाली बजारमा २/३२ जीबी भेरियन्टकाे मूल्य १० हजार ९९९ रूपैयाँ ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३