close

कहिलेसम्म आउला सिजी नेटको आईपीटिभी ?

टेकपाना टेकपाना

जेठ २०, २०७८ २०:१८

कहिलेसम्म आउला सिजी नेटको आईपीटिभी ?

काठमाडौं । हालैमात्र सञ्चालनमा आएको सिजी नेटले आफ्नै आईपी टिभी सेवा सार्वजनिक गर्ने भएको छ । हाल अप्टिकल फाइबरमा इन्टरनेटसँगै आईपीटिभी समेत उपलब्ध रहेको बजारको अभ्यासलाई सिजीले समेत पछ्याउने भएको हो ।

बजारको विद्यमान शुल्कको तुलनामा सिजीले आधा सस्तोमा फास्ट स्पिडको इन्टरनेट सेवा दिन थालेको भए पनि आईपीटिभी नहुँदा कतिपय ग्राहक आफूले प्रयोग गरिरहेको अन्य कम्पनीको सेवाबाट सिफ्ट हुन संकोच मानिरहेका छन् । यस्तोमा सिजी नेटको आईपीटिभी धेरैको प्रतिक्षाको विषय बनेको छ ।

आईपीटिभी सेवाका लागि नेटटिभी, क्लियर टिभी, भायटिभी वा प्रभु टिभी जस्ता विद्यमान अन्य सेवाप्रदायकहरुसँग भने सहकार्य नगरिने सिजी नेटले जनाएको छ । अरुसँग सहकार्य नगरिएकै कारण सिजी नेटसँगै आईपीटिभी ल्याउन नसकेको बताइएको छ ।

आफ्नै आईपी टिभी सेवा सञ्चालनका लागि कम्पनी हाल लाइसेन्सको प्रक्रियामा रहेको बुझिएको छ । बढीमा अबको ३ देखि ४ महिनाभित्र सिजीको आईपीटिभी सेवा समेत सञ्चालनमा आउनेछ ।

सामान्यतयाः सेवाप्रदायकले इन्टरनेट सेवाका लागि जति ग्राहक छन्, त्यसैअनुसारको शुल्क अन्तर्राष्ट्रिय ब्याण्डवथिका लागि भुक्तानी गर्नुपर्ने हुन्छ । यसको अर्थ थोरै ग्राहक हुँदा सेवाप्रदायकको ब्याण्डविथ खर्च पनि कम हुन्छ भने ग्राहक बढ्दै जाँदा ब्याण्डविथ लागत पनि त्यसैअनुसार थपिँदै जान्छ ।

तर आईपीटिभी सेवामा भने यो नियम लागु हुँदैन । ग्राहक थोरै भए पनि वा धेरै भएपनि, सेवाप्रदायकले कन्टेन्ट (टेलिभिजन च्यानलहरु) का लागि उति नै रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।

त्यसैले सिजी नेट आफ्नो कभरेज एरिया र ग्राहक बढेसँगै क्रमशः आईपीटिभीमा जाने बुझिएको छ । अबको ३ महिनाभित्र लाइसेन्ससँगै आईपीटिभीका लागि आवश्यक पूर्वाधार र कन्टेन्टको सम्झौता सबै तयार भइसक्ने बताइएको छ । आईपीटिभीको साथमा छुट्टै ओटीटी एप समेत ल्याउने कम्पनीको योजना छ । जसमा भिडिओ अन डिमान्डको सुविधा रहने कम्पनी स्रोतले बतायो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३